नयाँ विकल्प
बुटबल- बुटवलमा आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर एक जनाले गोली चलाएका छन्।बुटवलमा आइतबार बिहान प्रहरीकै पेस्तोल खोसेर एक जनाले गोली चलाएका छन्। बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन्। बुटवलको मिलनचोकमा आइतबार बिहान गोली चलेको हो।
राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ। होटलको कोठामा भेटिएको गैंडाको खाग। पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा गएको प्रहरीकै पेस्तोल खोसेर हानेको गोलीले तस्कर समूहकै एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...