नयाँ विकल्प,
काठमाडाैं- साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको झण्डै ४ घण्टामा नै नेप्से सूचक १२३ दशमलव ३४ अंकले घटेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत सेयर धितो ऋण पुनरावलोकन गर्ने जनाएपछि आइतबार सेयर बजारमा पहिरो गएको छ। सुरुवातबाटै घटेको बजार २ बजेपछि तीब्र गतिमा झर्दा पुरै दिन कारोबार हुन पाएन ।
बजार अहिलेसम्मकै उच्च १२३ अंकले घटेको छ। यद्यपी ७ अर्बभन्दा बढिको कारोबार भएको छ। यति फराकिलो अंकले बजार झरेको पहिलो पटक हो। राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्ने जनाएपछि सेयर लगानीकर्ताहरुले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भेटेका थिए। भेटेर फर्किएपछि बजार अझ घटेको हो।
आइतबार बजारमा बिक्री चाप बढ्दा सबै कम्पनीको शेयरमूल्य घटेको छ। बढेको बजारमा लगानीकर्ता प्रोफिट बुकतिर लाग्दा बजार उच्च अंकले घटेको हो। यस अवधिमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ दशमलब ११ विन्दुमा झरेको छ। दुई घण्टामा करिब ७ अर्ब २ करोड रुपैयाँ बढिको शेयर कारोबार भएको छ।
नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...
नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...
नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...