नयाँ विकल्प
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर, निर्वाचित क्षेत्र झापा –५ र गृह जिल्ला झापा यतिवेला संघीयता र गणतन्त्रबिरोधी अभियान चलाउने उर्बरभूमि बन्दै छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतासहित समाबेसी संविधान जारी गर्न मस्यौदाकारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले संसदीय निर्वाचन हार्दा केपी शर्मा ओली जति हर्षित थिए ।
अहिले त्यति नै हिनताबोधको महसुश गरिरहेका छन् । झापाका ५ वटा संसदीय निर्वाचन क्षेत्रबाट नेता सिटौलासहित सबैलाई हराउन राजाबादी राजनीतिक दलको पहिचान बनाएको कमल थापा नेतृत्वको राप्रपासँग ओलीले गठबन्धन गरेका थिए ।
त्यसमा पनि सिटौलालाई हराउन ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भन्दा बढी समय सिटौला निर्वाचन लडेको झापा क्षेत्र नम्वर तीनमा क्रियाशिल भएका थिए । सिटौलालाई हराउँदै गर्दा त्यसबेला प्रफुल्ल भएका ओली उनै सिटौलालाई हराउने राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनको शक्ति यतिवेला बढेको देख्दा निकै निरास हुनु स्वभाविक पनि हो ।
शनिबार झापासहित मुलुकका विभिन्न भागमा राप्रपाले निकालेको राजाबादीको जुलुसले सरकार अलोकप्रियताको सिँढी चढ्दै गएको चित्र देखाएको छ । अन्य भागमा भएका विरोध प्रदर्शनभन्दा झापामा देखिएको विरोध प्रदर्शन र सभाले ओली निकै त्रासमा रहेको देखिन्छ ।
राप्रपाको शक्ति प्रदर्शन गर्ने नाममा ओलीको सारथी भएर चुनाव जितेका प्रतिनिधि सभाका सदस्य उनै राजेन्द्र लिङ्देनले शनिबार झापामा देखाएको शक्ति प्रदर्शन यति ठूलो थियो कि – यसले झापामा नेकपाको राजनीतिक भविश्वलाई समेत चुनौति दिएको छ । प्रतिनिधि सभा सदस्यको हैसियतमा रहेका राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले नेतृत्व गरेको शनिबारको प्रदर्शन झापाको काकरभिट्टाबाट शुरु भएको थियो ।
जहाँ राप्रपाका अर्का महामन्त्री राम थापा, सहमहामन्त्री तथा राप्रपा नेता राजेश गिरीले प्रदर्शनको व्यवस्थापनको जिम्मेवारी लिएका थिए । राजसंस्था र हिन्दुराष्ट्र स्थापनासाथै र संघीयता खारेजीको माग गर्दै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा र राप्रपाका नेताहरुको सक्रिय सहभागिता र नेतृत्वमा राजावादीहरूले शक्ति प्रदर्शन गरेका हुन् ।
ठूलो संख्यामा सहभागीले ‘राजा आउ देश बचाउ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए । प्रदर्शनका क्रममा बिर्तामोडमा भएको सभामा लिङदेनले शनिबारको प्रदर्शन कास्टिङ मात्र भएको र क्लाइमेक्स आउन बाँकी रहेको भन्दै राजसंस्था तथा हिन्दुराष्ट्र देशको आवश्यक्ता भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीको गृह नगर दमकको प्रमुख उम्मेदवार बनेर नेकपा एमालेका उम्मेदवारका निकटतम प्रतिद्वन्दी बनेका नेता राम थापाले अब दलका नेताहरूलाई कारागार पठाउने चेतावनी दिएका थिए । राप्रपाले प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाका तीन वटा स्थानीय तह (गाउँपालिका) मा अध्यक्ष जितेको छ । तिमध्ये गौरीगंज गाउँपालिका अध्यक्षमा निर्वाचित राजाबाबु श्रेष्ठ हुन् । गौरीगंज ओलीकै निर्वाचन क्षेत्रमा पर्छ ।
कांग्रेसका नेता रामचन्द्र पौडेललाई मंसिर १७ गते तनहुँमा एउटा पुल उद्घाटन गर्न जाँदा प्रहरी लगाएर पक्राउ गर्ने ओली नेतृत्वको सरकारले संविधान विपरित संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबिरुद्ध झापामा पूर्वराजाको तस्वीरसहित प्रदर्शन गर्दा भने कुनै अवरोध समेत गरेन । कतिपयले ओली नेतृत्वको सरकारलाई संघीयता र गणतन्त्रबिरुद्ध उठेका आवाजलाई समन गर्नुभन्दा बढवा दिन यस्तो नीति लिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
२०७४ मंसिरमा भएको संघीय संसदको निर्वाचनअघि पनि ओलीले संघीयता मुलुकको आवश्यकता नरहेको अभिव्यक्ति दिँदै आएका थिए । झापामा नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा योगदान दिएका नेता सिटौलाको राजनीतिक प्रभाव कमजोर बनाउन ओलीले राप्रपालाई घि सारेको हुनसक्ने झापाका कांग्रेसका नेताहरुले बताएका छन् ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...