February 26, 2021, Friday

बैतडीको महाकाली राजमार्गमा ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु

बैतडी–महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । 

सम्बन्धित समाचार

बाझो जमिनमा खेती गर्न प्रोत्साहन
बाझो जमिनमा खेती गर्न प्रोत्साहन
  • २०७७ मंसिर २२, १२: २६: ३७

नया विकल्पवालिङ–स्याङ्जाको फेदीखोला गाउँपालिकाले लगातार दुई वर्ष बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने अभियान चलाएसँगै बाँझो...

कैलालीका किसानको रोजाइमा मेन्था खेती
कैलालीका किसानको रोजाइमा मेन्था खेती
  • २०७७ मंसिर २२, १२: २६: ३७

नयाँ विकल्पटीकापुर–कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ ।...

म्याग्दी जिल्ला बेनी नगरपालिकाको फापरखेतमा बिरामी बोकेको जिप दुर्घटना
म्याग्दी जिल्ला बेनी नगरपालिकाको फापरखेतमा बिरामी बोकेको जिप दुर्घटना
  • २०७७ मंसिर २२, १२: २६: ३७

नयाँ विकल्पम्याग्दी–म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्...

भर्खरै

TOP