नयाँ विकल्प,
रौतहट । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य मोहम्द अफताव आलमका भाई मोहताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस सांसद अफतावका भाइ मोहताबलाई भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
२०६४ चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको र सो घटनामा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अक्तरलाई जिउँदै ईंटाभट्टामा जलाएको प्रहरीको आरोप छ ।
५५ वर्षे मोहताबको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसलाई ट्याक्टरमा राखेर इँटाभट्टामा जलाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।
अफताब आलम गत वर्ष असोज २६ मा पक्राउ परेका थिए । तत्कालीन प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गरेका थिए । आलम हाल नख्खु कारागारमा छन् ।
नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...
नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...
नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...