February 26, 2021, Friday

आन्तरिक कलहमा रुमलिएका प्रधानमन्त्रीको सर्वदलिय बैठकमा काे को गए ?

नयाँ विकल्प,

काठमाडौं – आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी भित्रै अल्पमतमा परेर आन्तरिक कलहमा रुमलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बोलाएको बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुको उपस्थिति भएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै पार्टीको सचिावलय र स्थायी कमिटी बैठक छल्दै आएका प्रधानमन्त्री ओलीले मंगलबार सर्बदलिय बैठक बोलाएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रण गर्न नसकी भ्रष्टाचारमा सरकार रुमलिएको भन्दै सर्बत्र आलोचना हुन थालेपछि संघीय लोकतान्त्रिक गणतन्त्रबिरोधी प्रदर्शन देशव्यापी फैलन थालेपछि ओलीले सो विषयमा छलफल गर्न सर्बदलिय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष दाहाल, नेता तथा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा. प्रकाशशरण महत, जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किशान पार्टीका प्रतिनिधि सहभागी थिए ।

बैठकमा बालुवाटार प्रकरणमा अभियोग लगाइएका कांग्रेस उपसभपाति गच्छदार र गत मंसिर १७ गते प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले आफूलाई पक्राउ गरेको आरोप लगाउँदै आएका नेता पौडेल समेत सहभागी छन् । बैठकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्दै लोहनी उपस्थित भएनन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित सर्बदलिय बैठकमा सहभागी नेताहरु ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ मंसिर २३, १२: ४६: २८

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ मंसिर २३, १२: ४६: २८

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ मंसिर २३, १२: ४६: २८

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP