May 13, 2021, Thursday

विवेकशील र साझा पार्टीबीच एकीकरण, १ सय ३० भए केन्द्रीय नेता


नयाँ विकल्प,

काठमाडौं –भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण भएको छ ।

नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने उदेश्य राखेका विवेकशील र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भए पनि २०७५ पुस २७ गते विभाजित भएका थिए ।

पार्टी विभाजनलाई दुखद घटनाको रुपमा स्वीकार्दै दुवै दलले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने साझा लक्ष्यलाई फुटले गम्भीर क्षति पुर्याएको स्वकिार गरिएको छ ।

‘विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने हाम्रो विनम्र प्रयत्न त हो नै, नेपाली नागरिकले चाहेजस्तै एक अग्रगामी, सुसंस्कृत र उन्नत पार्टी निर्माण गर्ने सङ्कल्प पनि हो’, दुवै दलका प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गर्दै दुवै पार्टीले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउने उदेश्य राखिएको प्रतिवद्धता व्यक्त गरिएको छ ।

‘हामी राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी बन्न चाहन्छौँ । हामी समावेशी लोकतन्त्र स्थापना गर्दै सबै समुदायलाई अधिकार सम्पन्न गरी हामी राजनीतिलाई पेसा हैन, सेवामा रूपान्तरण गर्न चाहन्छौँ’, साझाका अध्यक्ष रविन्द्र मिश्र र विवेकशीलका संयोजक मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुई पार्टीबीचको एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ लोगो र चुनाव चिन्ह ‘तराजु’ र केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जनाइएको छ ।

एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन् भने एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५–६५ गरी कूल एक सय ३० जना केन्द्रीय सदस्य हुने भएका छन् ।

एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कारवाहीहरू अगाडि बढाइने जनाइएको छ । सहमति अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ ।

पार्टीको एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र एकता महाधिवेशन गर्ने, एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुने जनाइएको छ ।

वर्णानुक्रमका आधारमा केन्द्रीय सदस्यको नामावली

अनिल भेटवाल, अनुपमान सैँजु, अनुपा श्रेष्ठ, डा अनुशा थापा, अब्दुस मिया, अमलेश कर्ण, अनिमेश कुमार मिश्र, अमृत पुडासैनी, अमृता थपलिया, अर्जुन खनाल, आशिष रेग्मी जोशी, आशुतोष तिवारी, आशुतोष प्रधान, ईन्दिरा काफ्ले, ईन्दिरा शर्मा वाग्ले, डा उमेद पुन, कमलेश्वर प्रसाद पाठक, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, कीर्ति तुलाधर, कुसुम घिमिरे, कृष्णप्रसाद भट्टराई, केशब दाहाल, केशव मल्ल, गेहेन्द्र दाहाल, गोपाल हमाल, घनबहादुर शाह, घनश्याम विश्वकर्मा, चन्डिका तिमिल्सिना, चिरञ्जीवी बराल, जगन्नाथ काफ्ले, जमुना बन, जमुना शर्मा, जमुना सुबेदी, जीवन ढकाल, तारा काफ्ले, तृष्णा भण्डारी, दिपक प्रसाद उप्रेती, दिव्येश गिरी, दीपक पौडेल, दीपा अर्याल, दुज्जी चौधरी, दुर्गा ताजपुरिया, धनपति महतो, नवराज थापा, निरूपमा यादव, निर्देश सिलवाल, पवन मल्ल, पवित्रा थापा, पुकार बम, पुरुषोत्तम ढुङ्गेल, पुष्पा सापकोटा, प्रकाश आचार्य रहेका छन् ।

त्यस्तै अन्य केन्द्रीय सदस्यहरूमा परियार, प्रतिभा डङ्गोल, प्रदीप थापा, प्रमेश श्रेष्ठ, प्रेम केसी, बसन्ती रोकाया, भरतराज पन्त, भिमप्रसाद अधिकारी, भूपदेव शाह, भूपेन्द्र वस्नेत, मधुसुदन केसी, मधुसूदन पाठक, मनिस खनाल, महेन्द्रकुमार थापा, महेश पाठक, महेश भण्डारी, मुरलीमनोहर मिश्र, यम नारायण खनाल, रजनी केसी, रजिया बानु, रन्जु दर्शना, रमेश पौड्याल, रमेश महर्जन, रमेश विष्ट, डा राजेन्द्र पंगेनी, राज्यलक्ष्मी श्रेष्ठ, राधिका भट्ट, राम तपस्या साह, राम सोरागथ शर्मा, रामपुकार महरा, रेवतीरमण सुवेदी, रोशनी अधिकारी, रोहित क्षेत्री, लक्ष्मी घिमिरे, लक्ष्मी शाही, विकल शेरचन, विकु लामा, विना शाह, विमल तामाङ, विमला बुढा मगर, विराजभक्त श्रेष्ठ, वृतान्त खनाल छन् ।

त्यस्तै शरण कार्की, शरदराज पाठक, शारदा रिजाल, शिशिर बन्जारा, शोभा शाक्य, श्रीकृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, संजय बराल, सचेन घले, सञ्जीव भट्टराई, समाइरा श्रेष्ठ, समिक्षा बास्कोटा, समुन्द्र केसी, सरला लामिछाने, सरस्वती पन्थी भुषाल, सरोज गौतम, सस्मित पोखरेल, साहारा चपाई, सिर्जना खड्का, सुदन मानन्धर, सुमनकुमार मिश्रा, सुमित्रा गुरुङ, सुमित्रासिँह लामा, सुरज प्रधान, सुरेश भट्ट, सुवुना बस्नेत, सुशील देवकोटा, सुशीला केसी अधिकारी, हरिकृष्ण अधिकारी, हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद गौतम, हरीशप्रसाद भट्ट, हिरामणी पौडेल रहेका छन् ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७७ मंसिर २४, १७: ०३: ५९

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
  • २०७७ मंसिर २४, १७: ०३: ५९

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा...

सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
  • २०७७ मंसिर २४, १७: ०३: ५९

नयाँ बिकल्प,काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ महामारीको कारणले संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि भइरहँदा नेपालका...

भर्खरै

TOP