नयाँ विकल्प,
काठमाडाैं – पछिल्लो केहि दिन यता शेयर बजारमा सेलिङ प्रेसर बढ्न थालेको छ। लगानीकर्ताले प्रोफिट बुकिङ गर्न थालेपछि बजारमा सेलिङ प्रेसर बढेकाे छ जसले गर्दा नेप्से सूचक ओरालो लाग्न थालेको छ।
आइतबार हालसम्मकै धेरै १२३ अंकले घटेको बजारमा सोमबार पुनः केहि सुधार देखिएको थियो तर मंगलबार र बुधबार बजारमा बिक्री चाप बढ्दा सूचक ओरालो लाग्न थालेको छ ।
विहिबार सेयर बजार झिनाे अंकले बढेपनि काराेबार रकम बुधबारकाे तुलनामा निकै कम भएकाे छ।
साताको पाँचाै कारोबार दिन विहिबार नेप्से सूचक ८ दशमलव २७ प्रतिशतले बढेपनि काराेबार रकम घट्याे । यस दिनकाे काराेबार ४ अर्व १४ कराेड ६३ लाख २१ हजार ५० रूपियाँमा काराेबार सिमित बनेकाे छ ।
सेयरबजार घटने आशंकामा लगानीकर्ता सेयर किन्न हिच्किचाएका कारण सेयर बजारमा काराेबार रकम दैनिक ओरालाे लाग्दै गएकाे छ । । आइतबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ६ अर्बको हाराहारीमा झरेको थियो भने मंगलबार ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। बुधबार कारोबार रकम झण्डै १ अर्ब रुपैयाँले घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा झरेको थियाे ।
साताकाे अन्तीम काराेबार दिन विहिबार पुनः ६० कराेड कम काराेबार भएकाे छ । बुधबार १ करोड ८ लाख कित्ता शेयर कारोबार भएको मा विहिबार घटेर ९८ लाख ८३ हजार १९७ कित्ता सेयर मात्र काराेबार भएकाे छ ।
नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...
नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...
नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...