January 19, 2021, Tuesday

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नयाँ विकल्प

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए। हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ ।

कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनकाे प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएका थिए । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

सम्बन्धित समाचार

केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शन गर्ने नेविसंघका १५ पक्राउ
केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शन गर्ने नेविसंघका १५ पक्राउ
  • २०७७ मंसिर २६, ११: २५: ००

नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...

लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग
लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग
  • २०७७ मंसिर २६, ११: २५: ००

नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...

नेकपा पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
नेकपा पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
  • २०७७ मंसिर २६, ११: २५: ००

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...

भर्खरै

TOP