March 2, 2021, Tuesday

चिया श्रमिकको सम्मानमा इलाममा प्रतिमा निर्माण गरिने

नयाँ विकल्प
इलाम- चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो ।


नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो प्रतिमा तामा र पित्तलबाट निर्माण गरिएको हो । नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको प्रतिमासमेत निर्माण गर्दैछ ।

इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सो प्रतिमा निर्माण गर्न थालिएको हो । चिया श्रमिकको सम्मानस्वरूप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ । नेपालमा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाको पहलमा चिया खेती शुरु भएको मान्यता रहिआएको छ ।

विसं १९२० मा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाएर खेती शुरु गरिएको हो । जिल्लालाई चियाको जिल्ला भनेर चिनाउन योगदान दिएबापत सम्मानस्वरूप थापाको प्रतिमा यसअघि नै निर्माण गरिसकिएको छ । चिया खेतीको विस्तारसँगै श्रमिकसमेत सोही समयदेखि सक्रिय रहेको भन्दै श्रमिकको सम्मानस्वरूप प्रतिमा निर्माण गरिनु आजको आवश्यकता बनेकाले निर्माण गरी चोकमा राखिएको पालिका प्रमुख महेश बस्नेतले जानकारी दिए ।

सम्बन्धित समाचार

नाइजेरियामा अपहरणमा परेका छात्राहरुको रिहा
नाइजेरियामा अपहरणमा परेका छात्राहरुको रिहा
  • २०७७ मंसिर २६, १२: २६: ११

गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...

प्रतिवन्धित विप्लव समूहसँग बार्ता गर्न सरकारको नेतृत्व बादलले गर्ने, विप्लवबाट ‘प्रकाण्ड
प्रतिवन्धित विप्लव समूहसँग बार्ता गर्न सरकारको नेतृत्व बादलले गर्ने, विप्लवबाट ‘प्रकाण्ड
  • २०७७ मंसिर २६, १२: २६: ११

’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...

तेलको विषयलाई लिएर मन्त्री स्तरीय बैठक बस्दै
तेलको विषयलाई लिएर मन्त्री स्तरीय बैठक बस्दै
  • २०७७ मंसिर २६, १२: २६: ११

लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...

भर्खरै

TOP