May 6, 2021, Thursday

कृष्णनवमी पुजाकालागी गुह्येश्वरी यात्राको विधि पूरा, पुस १ देखि मन्दीर खुला हुने

नयाँ विकल्प

काठमाडाैं- प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ ।

यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमल–कमलपोखरी–कालोपुल हुँदै गुह्येश्वरी लगी पशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो । पशुपतिनाथ मन्दिर रहे पनि जात्राको विधि पूरा गर्न बिहीबार खोलेर तलेजु र गुह्येश्वरीको रथ घुमाइएको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिए ।

मार्गशीर्ष कृष्णनवमीका दिन बिहीबार पशुपति क्षेत्रका विभिन्न स्थानमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सीमित व्यक्तिका बीच पशुपति क्षेत्रमा जात्रा गरिएको हो । जात्रा सम्पन्न गरी आज तलेजु भवानीलाई पुरानै मार्गबाट हनुमानढोका दरबार फर्काइएको उनले बताए ।

यससँगै यस वर्षको जात्रा सम्पन्न भएको समितिले जनाएको छ । जात्रा सकिएका अवसरमा मार्ग शीर्ष कृष्ण एकादशीका दिन आज गुह्येश्वरीमा जम्मा हुने भक्तजनलाई प्रसाद वितरण गर्ने गरिएकामा यस वर्ष मन्दिर बन्द रहेकाले पछि वितरण गरिने जनाइएको छ ।

आगामी पुस १ गतेदेखि पशुपतिसँगै गुह्येश्वरी मन्दिर पनि खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषको छ । गुह्येश्वरी मन्दिर पनि गत वर्ष चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीसँगै बन्द गरिएको छ । यसक्रममा नित्य पूजा, आश्विनशुक्ल पक्षको नवरात्रमा गरिने पर्व पूजा भने विगत वर्षझैँ सम्पन्न गरिएको जनाइएको छ ।

दुर्गा पक्षका बेला पनि विश्वमै महत्त्वपूर्ण शक्तिपीठका रुपमा मानिने गुह्येश्वरी भक्तजनका लागि भने खुला गरिएन ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ मंसिर २६, १३: ३०: ५९

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ मंसिर २६, १३: ३०: ५९

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ मंसिर २६, १३: ३०: ५९

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP