नेपालगंज-कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ ।
एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने बताए ।
“प्रारम्भिक सर्भे भइसकेको छ, विस्तृत सर्भे शुरु हुँदैछ”, उनले भने , “कुन बाटोबाट लैजाने, कति रूख कटान गर्नेसम्बन्धी टुङ्गो अब अध्ययनपछि लाग्नेछ ।” आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्ट प्रालिले पाएको छ ।
कम्पनीले दुई वर्षभित्र प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजनामा करीब रु ७० करोड खर्च हुने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि ‘कम भोल्टेज’को समस्या हट्नेछ ।
‘कम भोल्टेज’कै कारण कर्णालीमा विद्यत् विस्तार हुन सकेको छैन । लामो समयदेखि प्रसारण लाइन निर्माणको चर्चा चले पनि राजनीतिक अस्थिरताका कारण काम शुरु सकेको थिएन । रासस
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...