नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाच नजाने भएका छन् ।
प्रधानमन्त्री भएदेखि हालसम्म रिक्त संवैधानिक निकायमा ४५ जना प्रमुख र सदस्य रिक्त छन् । प्रमुख प्रतिपक्षी दलका नेतालाई छलेर समेत बैठक गर्दै आएका परिषद अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार परिषद् बैठक बोलाएका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार देशव्यापी रुपमा सरकारको असफलता र अलोकप्रियता दर्शाउन उसका कमजोरीमाथि प्रहार गर्न सोमबार विरोध प्रदर्शनको आयोजना गरेको छ ।
पार्टीको आन्तरिक जीवनमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओलीले नेकपा स्थायी कमिटी बैठकमा नगइ शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग कुराकानी गरेका थिए । पछिल्लो समय पार्टीको आन्तरिक बिबादमा फसेका ओलीले देउवासँग बारम्बार भेट गर्न थालेका छन् ।
प्रधानमन्त्री ओलीसँग देउवालाईं भेट गराउने जाँचो पाँजो भने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले गर्दै आएका छन् ।
देउवालाईइ छलेर विगतमा संवैधानिक निकायमा नियुक्ति गर्दै आएका ओलीले हालै देउवासँगको भेटमा सत्ता साझेदारीदेखि संवैधानिक निकायमा रिक्त सदस्य पदमा भागबण्डा गरी नियुक्ति दिने विषयमा छलफल गरेका थिए ।
कांग्रेसका तर्फबाट अनौपचारिक वार्तामा बसेका लेखकले कांग्रेसलाई झण्डै ४० प्रतिशत सिट मागेका छन् । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि महिला आयोगसम्म कांग्रेसले दाबी गरेका छ । तर, प्रधानमन्त्री देउवा भने कांग्रेसलाई २० प्रतिशत कोटा दिएर भुल्याउन चाहन्छन् ।
नेकपा स्थायी कमिटीको बैठक आइतबार नै राखेपछि त्यसलाई छल्न ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । त्यसका लागि विगतमा भन्दा निकै लचक भएर ओली प्रस्तुत भए पनि देउवा पनि बैठकमा जान तयार थिए ।
तर कांग्रेसका अधिकांस नेताहरुले सोमबार सरकारविरोध देशव्यापी प्रदर्शनको अघिल्लो दिन प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा गएर भागबण्डामा सहमति गर्दा नकारात्मक सन्देश जाने भन्दै बैठकमा नजान दबाब दिएका थिए ।
देउवाले नेता लेखकमार्फत संवैधानिक परिषद्को आइतबारको बैठकमा आफू आउन नसक्ने जनाई सकेका छन् ।
नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...
नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...