नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।
व्यक्तिगत र पार्टीको कामको शिलशिलामा संक्रमितसँग नजिक भएकै कारण कन्ट्याक्ट ट्रेसिङमा परेर चार पटकसम्म परिक्षण गरेका सिटौलालाई पाचौं पटकको स्वाब परिक्षणपछि कोभिड १९ पोजेटिभ आएको हो ।
सरकारले कोरोना उपचारको हबको रुपमा लिएको टेकु अस्पतालमा समेत निःशुल्क परिक्षण गर्न छाडेपछि धुम्बराहीस्थित ह्याम्स अस्पतालमा शुक्रबार स्वाब दिएका सिटौंलाको शनिबार कोभिड १९ पोजेटिभ आएको सहयोगी प्रेम भट्टराईले नयाँविकल्पलाई बताए ।
परिवारका सदस्य र सहयोगीसहित पाँच जनाको परिक्षण गर्दा शनिबार संक्रमण पुष्टि भएपछि सिटौला आफ्नै निवास चण्डोलमा आइसोलेसनमा बस्नु भएको छ । उनको स्वाब परिक्षण गर्दा सिटी भ्यालु २८ र अक्सिजनको मात्रा ९८ रहेको पारिवारिक स्रोतले जनायो ।
सिटौलाको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका सदस्यहरुमा यसअघि संक्रमण पुष्टि भएसँगै सुरक्षाकर्मी परिवर्तन हुँदै आएका थिए ।
दुई पटक मुटुमा समस्या देखिएपछि उपचार गराएका सिटौलामा मधुमेहको संक्रमण छ । कोरोना संक्रमण पुष्टि भएसँगै सिटौला पार्टीले सोमबार देशव्यापी आयोजना गरेको विरोध कार्यक्रममा खटाएको महोत्तरीमा जाने कार्यक्रम रद्ध भएको छ । पार्टीले उनको सट्टामा अन्य नेतालाई केन्द्रीय प्रतिनिधि बनाएर पठाउने भएको छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...