एजेन्सी,- अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।
राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो ।यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले बताए ।
सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो । आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार थिएनन्।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन । गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...