June 19, 2021, Saturday

‘राजा आउ, देश बचाउ’ भन्ने जुलुस सरकारकै सहयोगमाः देउवा


नयाँ विकल्प,

हेटौंडा –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै सहयोगमा सडकमा ‘राजा आउ, देश बचाउ’ भन्दै नारा लगाउन थालेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसले सरकारबिरुद्ध सोमबार देशव्यापी रुपमा आयोजना गरेको विरोध कार्यक्रम अन्तरगत हेटौंडामा आयोजित सभामा देउवाले भने, ‘‘कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन् । यसमा ओली सरकार जिम्मेवार छ । यत्रा मान्छे राजा आउ देश बचाउ भन्दै कराउने हिम्मत कहाँबाट आउँछ?’

लोकतन्त्रको लागि लडिरहेका बेला राजाले आफूलाई थुनेर राखेको प्रसंग निकाल्दै देउवाले राजा फर्केर आउने भ्रम नराख्न आग्रह गरे । ‘राजालाई कांग्रेसले पटकपटक ल्याएको पनि हो तर उनीहरू प्रजातन्त्रलाई देखिसहन्न । त्यसैले राजा आउने भ्रम नराख्नू’, उनले भने यसका पछि सरकारको हात हुन सक्छ ।’

उनले सर्वसत्तावादी कम्युनिस्ट सरकारबाट जनताले मुक्ति चाहेको बताए । ‘तत्कालीन राजालाई मैले प्रजातन्त्रको विरुद्धमा जानुहुन्न भनेपछि मलाई नै जेल हालियो । त्यतिखेर यिनीहरु कहाँ थिए ?’ देउवाको प्रश्न थियो, ‘अहिले आएर कम्युनिस्ट सरकारकै कारण राजा आउ देश बचाउ नारा लागिरहेको छ ।’

भागेको राजालाई ल्याएर राखेको तर, राजा निरंकुश भएपछि कांग्रेसले नै फालेका् भन्दै उनले अहिले राजा आउनसक्ने सम्भावना नरहेको जनाए । देउवाले सरकारले कोरोना महामारीमा पनि घुस खाएर जनतालाई दुख दिएको भन्दै जनतालाई बोल्न र लेख्न वञ्चित गरेको दाबी गरे ।

जनता भोकभोकै मर्दा सरकार बालुवाटारमा सुतिरहेको दाबी गर्दै देउवाले पटक–पटक ओलीलाई जनताको पक्षमा उभिन आग्रह गर्दा पनि नसुनेको तथा भ्रष्टाचार र जनविरोधी गतिविधिमा संलग्न भएकोले सडकमा भेला गर्नु परेको बताए ।

‘कम्युनिस्ट पार्टी एक हुँदा हाँस्न र रुन पनि पाइने छैन, अहिले किन रोइस भनेर सरकारले जेल हाल्न थालेको छ । रुन पनि ओलीको विरोध गरेजस्तो भएको छ । ओलीले एकदलीय सर्वसत्तावादी कदम चालेका छन्’, देउवाले भने ।

आफूले राष्ट्रियताका मुद्दामा र कोरोना महामारी नियन्त्रणमा बिना शर्त सहयोग गरेको प्रसंग कोट्याँदै देउवाले भने, ‘हामीले महामारी नियन्त्रणमा लागि आफ्नो आधा तलब सरकारलाई दियौं, दसैं खर्च पनि बुझायौं । राष्ट्रियताको लडाईंमा हामी साथ दियौं तर, सरकार कोरोनामा पनि घुस खान थाल्यो ।’

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ मंसिर २९, १६: ५९: ४५

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ मंसिर २९, १६: ५९: ४५

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७७ मंसिर २९, १६: ५९: ४५

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP