February 26, 2021, Friday

क्यान्सरपीडित बिरामीलाई आमा समूहको सहयोग

नयाँ विकल्प

पाेखरा- घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले रु ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो ।

नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सरपीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गरिन् ।

सबैको सहयोगले क्यान्सरजस्तो रोगसँग लडिरहनुभएका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भए पनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा रहेको छ । ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बन्दाबन्दीसँगै उनले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनुभएको थियो । कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा रु तीन लाखभन्दा बढी खर्च भइसकेको उनकी श्रीमती रत्नकुमारी नेपालीले गहँभरि आँशु पारेर दुखेसो पाेखिन । यसअघिको उपचारमा स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगे पनि आगामी दिनमा उपचारका लागि कुनै पनि विकल्प नभएको भन्दै उनले विभिन्न सङ्घसंस्था एवं व्यक्तिसँग सहयोगका लागि आग्रह गरेकी छन् ।

कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दी भएसँगै श्रीमान्ले बाँसका चोयाका सामग्री बनाएर बिक्री गर्नु र आफू तरकारी खरिद बिक्री गर्दै आउनुका साथै छोराछोरीले पनि मजदूरी गरेर उनको सिङ्गो परिवार चल्दै आएको थियो ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ मंसिर ३०, १२: ३०: ०२

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ मंसिर ३०, १२: ३०: ०२

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ मंसिर ३०, १२: ३०: ०२

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP