नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी जारी गरेकी छन् ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बोलाएको परिषद् बैठकमा समेत सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि उनलाई ठेगान लगाउने भन्दै परिषद् सम्वन्धी अध्यादेशको लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।
मन्त्रिपरिषदको मंगलबार सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी छन् ।
संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई आफू अनुकुल निर्णय गराउन बाटो खोल्न अध्यादेश जारी भएको बताइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
संवैधानिक परिषद्को आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको थियो । आइतबारको बैठकमा समेत सभामुख गएका थिएनन् । मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठकमा सभामुख नभएपछि स्थगित भएको थियो ।
परिषदको बैठक सम्वन्धी कार्यविधिको दफा ३ मा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मनिने छ’ भन्ने उल्लेख छ ।
परिषद्को सदस्य हुने उपसभामुख पद रिक्त गत एक वर्षदेखि रिक्त छ ।
मंगलबाकार प्रधानमन्त्रीको बैठकमा अध्यक्ष ओलीबाहेक प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा मात्र उपस्थित थिए ।
कार्यविधिको दफा ३ बमोजिम चार एक सदस्य उपसभामुख नभएको अवस्थामा एक सभामुख समेत उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...