April 23, 2021, Friday

काँग्रेस जागेकै हो त ? हो भने सिद्धान्तको सुदृढीकरणमा लागोस्


नयाँ विकल्प,

हरिविनोद अधिकारी

विषयबस्तुलाइ बुँदागत रूपमा ब्याख्या गराैं
१. नेपाली काँग्रेस जागेकै हो त ? भनेर शङ्का व्यक्त गरिरहेका छन् । देशभरै विरोध प्रदर्शन गरेर सरकारका अक्षमताका पर्दाफास गर्ने नीति लिएर विरोध प्रदर्शन गर्न लागिएको देखिन्छ । मुलुक राजनीतिक अस्थिरताको भुमरीमा फसिसकेको अवस्था देखिन्छ ।

सरकारमा हुने नेकपाले मुलुकको त के समस्या समाधान गर्ला, आफ्नै घर झगडासमेतलाई व्यवस्थापन गर्न सकेको छैन भन्ने आरोप राजनीतिक तथा सामाजिक वृत्तमा लागेको छ ।

२. नेपाली काँग्रेस नेपालको राजनीतिमा मूल शक्ति हो भन्ने कुरा २००३ सालको राष्ट्रिय काँग्रेसको रुपमा उदाएदेखि आजसम्मको निरन्तर प्रजातन्त्रका पक्षमा संघर्षरत रहेकाले पुष्टि गरेको छ । आज पनि प्रजातन्त्रको पर्यायवाची राजनीतिक शक्ति र मध्यममार्गी राजनीतिक शक्तिको रुपमा चलायमान छ , सक्रिय देखिन्छ ।

युरोपमा उदार प्रजातान्त्रिक तर दर्शनमा वाम शक्तिको रुपमा अथ्र्याइने समाजवादलाई नेपालमा खुला प्रजातन्त्रसँगै मध्यममार्गीको रुपमा सिद्धान्त तयार गर्ने नेपाली काँग्रेसको यता केही समयदेखि राजनीतिक वर्चस्व किन नदेखिएको होला भने अहिले त्यो दल सत्तामा छैन । जसरी पनि , जो जो मिलेर भए पनि नेपालको राजनीतिको मूलधारबाट नेपाली काँग्रेसलाई अलग थलग पार्ने कोसिस भएको छ र त्यसमा स्वयं नेपाली काँग्रेसले पनि मलजल गरेको पाइन्छ ।

३. नेपाली काँग्रेसमा सिद्धान्तको कमी छैन । सिद्धान्त अहिले बनाउनु पनि परेको छैन । बीपीले बनाउको मूलबाटो नै सिद्धान्तका लागि प्रशस्त छ अर्थात् संस्थापकहरुले देखाएको प्रजातन्त्रको मूल बाटो नै आजको विश्वको समेत मूल बाटो बनेको अवस्था छ ।


४.नेपालका कम्युनिस्टहरु मूलतः प्रजातन्त्रवादी होइनन् र सिद्धान्तको ठुला ठुला गफ गर्ने तर कुनै सिद्धान्तको पक्षमा भन्दा पनि अवसरवादको पक्षमा लाग्ने दलहरु हुन् भनेर भन्दा यसकारणले गलत हुने छैन कि उनीहरु अहिले प्रजातन्त्रको मुखुन्डोभित्र अवसरवादलाई मलजल गर्ने स्वार्थीपनलाई विस्तार गरिरहेका छन् भनेर राजनीतिक विश्लेषकहरुले भन्न थालेका छन् ।

आजको संसारमा प्रजातन्त्रको विपक्षमा कोही पनि देखिन पनि सक्दैन र हुन पनि सक्दैन । जोजो प्रजातन्त्रका विपक्षमा व्यवहारमा छन् , ती पनि मूलतः आफ्नो राज्य प्रणाली प्रजातान्त्रिक भएको देखाउन तल्लीन छन् राजनीतिक वृत्तमा ।

५. त्यो बेलामो, विश्व नै प्रजातन्त्रको पक्ष फेरि जागेको बेलामा नेपालमा प्रजातन्त्रको पर्याय बनेको नेपाली काँग्रेस भने आफ्नो प्रजातान्त्रिक तथा निम्न तथा मध्यमवर्गीय जनताको प्रतिनिधित्व गर्ने संस्थामा अनावश्यक विवाद र असैद्धान्तिक मतभेदको खेती गरिरहेको देखिन्छ र संगत पनि अप्रजातान्त्रिक शक्तिहरुको गर्न थालेको छ ।

हुन त नेपाली काँग्रेस एउटा समाजलाई परिचालन गर्ने सँस्थागत साधन हो तर त्यसका निर्णायकहरुमा यो दल बपौतीको रुपमा प्राप्त भएकाले पनि होला, संगठन अरुले नै गरिदिएर , नेतृत्वको जिम्मा लिएर सँस्थालाई शिखरमा पु¥याएको सँस्था स्वतः प्राप्त भएकाले पनि होला, समालेर राख्ने क्षमता देखाउन सकेको पाइँदैन ।

६. काँग्रेसका नेताहरुले राजनीतिको चुरो र कुरो त बुझेका छन्, प्रजातन्त्रका लागि जेल नेल भोगेका छन् तर आफ्नो सोचमा प्रजातन्त्रीकरण गर्न नसक्दा नेपाली काँग्रेस कहाँ छ भनेर जनताले खोज्न थालेको बेलामा अहिले सरकारको विरोध गर्ने स्वरमा जाराकजुरुक उठिरहेको पाइयो भनेर पर्यवेक्षकहरुले भन्न थालेका छन् ।

वास्तवमा सरकारको मात्र विरोध गर्ने होइन कि आफ्नो संगठनमा देखिएको कमी कमजोरीलाई समेत सुधार गर्ने क्षमता वृद्धि गर्न पनि सकून् भन्ने काँग्रेसका शुभचिन्तकहरुको मनमा छ भनिन्छ ।

७.मानिसहरु वैकल्पिक राजनीतिक शक्तिको वारेमा छलफल गर्न थालेका छन् । काँग्रेस र कम्युनिस्टले राज्य गर्न सकेनन् भन्न थालेका छन् । तर प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो जसलाई नेपाली काँग्रेसले विचारको रुपमा, व्यवहारको रुपमा र प्रयोगका रुपमा आत्मसात गरेको देखिन्छ ।

त्यसैले आजको प्रजातान्त्रिक राज्य प्रणालीको सूत्रधार नै नेपाली काँग्रेस भएकाले विकल्प भन्दा पनि उसले आफूलाई इमान्दार राजनीतिक शक्तिको रुपमा, सैद्धान्तिक तथा व्यावहारिक राजनीतिक शक्तिको रुपमा फेरि नेपाली जनताको सामु प्रस्तुत हुनु आवश्यक छ ।

पारस मणिले फलामलाई पनि सुन बनाएझैँ नेपालका अप्रजातन्त्रका लागि स्थापित कम्युनिस्ट पार्टीहरुलाई प्रजातन्त्रको मूल बाटोमा ल्याउन सफल नेपाली काँग्रेस आफैँ कुइरोको काग जस्तै नबनोस् र फेरि पनि प्रजातन्त्रको प्रकाशवाहक भएर नेपाली समाजमा उदाओस् भन्ने चाहना आम प्रजातन्त्रवादीहरुमा देखिएको छ ।

८. ठुला ठुला माछाहरु पनि बल्छीमा राखिएका साना साना मासुका टुक्रामा अल्झेर जालारीको जालमा पर्ने गर्छन् । त्यसैगरी नेपाली काँग्रेस पनि अहिलेको सरकारले दिने केही हाडका टुक्रामा लोभिएर फसेको पनि आरोप लागेको छ । अनि त्यो हाडले मात्र आफ्नो क्षमतामा ह्रास ल्याउने छ र आगामी प्रजातान्त्रिक आन्दोलनमा भ्रम पैदा गराउने छ ।

९. त्यसैले कुनै दिनमात्र होइन, प्रजातन्त्र विरोधीहरुका विरोधमा नेपाली काँग्रेसको संघर्ष अनवरत हुनुपर्छ र नेपाललाई संसारको सबैभन्दा नमुनालायक प्रजातान्त्रिक देशको रुपमा विकास गर्नैपर्छ ।

१०. नेपाली काँग्रेस यदि जागेको हो भने आफ्ना आन्तरिक समस्याहरुको समाधान आन्तरिक प्रजातन्त्रलाई सुदृढ गरेर समाधान गरोस् र मुलुकको अस्थिर राजनीतिलाई स्थिरतामा लैजानका लागि आफ्नो जनसमर्थनलाई भरपुर सदुपयोग गरोस् ।


११ .र अन्त्यमा संसारमा कोरोना कहरको रुपमा फैलिएको काभिड १९को पनि खोप तयार भएर प्रयोगमा आउन थालेको छ । चीनले मौनताका साथ तयार गरेर आफ्ना जनतामा खोपको पहिलो मात्रा दिइसकेको बुझिन्छ । बेलायत , अमेरिका र खाडी देशहरुले फाइजरको उत्पादनलाई प्रयोग गर्न थालेका छन् भने रुसले स्पुतनिक ५ को प्रयोग सुरु गरिसकेको छ ।

अरु पनि दर्जनौँ उत्पादनहरुले छिटै खोपको विकास गरेर विश्वसामु प्रस्तुत गर्दैछन् । खुसीको कुरा हो , नेपालमा पनि त्यो खोप छिटै आओस् र नेपालीहरुलाई पनि विश्वस्त पार्न सकोस् कि हामी अब कोरोनाको संक्रमणबाट सुरक्षित हुनेछाैं ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
पछिल्लाे २४ घण्टामा थपिए २५ सय ५९ कोरोना संक्रमित, ५ को मृत्‍यु
  • २०७७ पुष १, १६: ००: २८

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर...

बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
बर्दिया कांग्रेसका सभापतिसहित ४४ जनाले दिए राजीनामा
  • २०७७ पुष १, १६: ००: २८

नयाँ विकल्प, काठमाडाैं- बर्दिया कार्यसमितिका ४४ जनाले राजीनामा दिएका छन्। बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले...

एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
एमाले अध्यक्ष ओलीले गठन गरे एकपक्षीय स्थायी समिति
  • २०७७ पुष १, १६: ००: २८

नयाँ विकल्प, काठमाडाैं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय स्थायी समिति गठन गरेका छन् । पार्टी विवाद समाधानकालागि शिर्ष नेताहरूसंग...

भर्खरै

TOP