फुङलिङ- ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् । ताप्लेजुङ एक जैविक विविधता भरिपूर्ण एक पर्यटकीयस्थल हो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, तिम्बुङपोखरी, फुङ्फुङ झरनाजस्ता प्राकृतिक जैविक विविधताले भरिपूर्ण भएको जिल्ला भए पनि कतिपय प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरु ओझेलमा पर्दै आएको छ । त्यस्तै मेरिङदेन गाउँपालिका–१ थिङ्लापुमा रहेको मेरिङदेन झरना पनि प्रचारप्रसारको अभावमा रहेको एक पर्यटकीय महत्व बोकेको मेरिङ्देन झरना पनि एक हो ।
मेरिङ्देन झरना करीब २५० मिटर लामो रहेको छ । यो १२ महिना निरन्तर झरिरहने झरना हो । मेरिदेन झरनासँगै नजीकै करीब १३० मिटरको अर्को झरना र सँगसँगै अन्य करीब ८० मिटरभन्दा उचाइका चारवटा झरनाको प्रत्यक्ष दृश्यावलोकन सकिने स्थानीयवासी डम्बर ओख्रबोले बताए ।
एकपटक छवटा झरना झरेको सुन्दर मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान भएकाले स्थानीय युवा पर्यटकीयस्थल बनाउनका लागि प्रचारप्रसार लागिपरेका हुन् । मेरिङ्देन झरनाको क्षेत्रमा (ओसाङ्लुङमा) भन्ने स्थान रहेको र सो स्थानमा (बिजुवा) लिम्बू जातिकोे पुजारीको उत्पत्ति भएको मान्यता रहेको स्थानीयवासी आशिष केदम बताउँछन् ।
झरना भएको स्थानबाट नजीकै भएको भिरमाहुरी, मृग, थार, घोरल आदि जैविक विविधताको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने स्थान भएकाले एक आकर्षक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सक्ने केदम बताउँछन् । झरनाहरुको दृश्यावलोकनसँगै धार्मिक तथा जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पनि थप पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेको छ ।
मेरिदेन झरनालाई प्रचार गर्दै मेरिङ्देन झरनासम्म जाने बाटो राष्ट्रिय युवा सङ्घ नेपाल मेरिङ्देनले चार किलोमिटर पदमार्ग निर्माण गर्नुभएको छ । ताप्लेजुङ सदरमुकामदेखि करीब ३० किलोमिटर गाडीमा र तीन घण्टा पैदल यात्रा गरेपछि मेरिङ्देन झरनासम्म पुग्न सकिन्छ । मेरिदेन झरना प्रचारमा आउँदै गरेकाले स्थानीय सरकार मेरिदेन गाउँपालिकाले अध्ययनका लागि प्राविधिक टोली लिएर जाने तयारीमा रहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताउँनछन्।
पर्यटन प्रवद्र्धन गर्नका लागि मेरिङ्देन गाउँपालिकाभित्र प्रचारप्रसारको अभावमा रहेका स्थलहरुको खोजअनुसन्धान गरी आवश्यताअनुसार भौतिक संरचनाहरु निर्माणका साथै प्रचारप्रसार गर्नका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको प्रवक्ता बराइलीले बताए । रासस
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...