February 26, 2021, Friday

गाेरखाकाे बारपाकमा प्राधिकरणको केन्द्रीय प्रसारण लाइन जडान

नयाँ विकल्प

गाेरखा- बारपाकमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा सोमबारदेखि केन्द्रीय प्रसारण लाइनबाट बत्ती बालिएको प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

अजिरकोट गाउँपालिकाको बालुवाबाट राङरुङ, मान्दे्र हुँदै बारपाकमा हाइटेन्सन लाइन विस्तार गरी विद्युत् प्रवाह गरिएको उनले बताए । “बालुवाबाट बारपाकसम्म करिब १० किलोमिटर लाइन विस्तार गरी विद्युत् लाइन जडान गरिएको हो”, प्रमुख न्यौपानेले भने , “११ केभी लाइन ट्यापिङ गरेर बारपाकसम्म पु¥याएका हौँ ।” उनले बालुवादेखि बारपाकसम्म विद्युत् विस्तारका लागि ग्रामीण विद्युतीकरणतर्फ रु तीन करोड खर्च भएको बताए ।

“सोमबार ट्रान्सफर्मर जडान गरी विद्युत् पु¥याइएको छ”, प्रमुख न्यौपानेले भने , “अहिले धमाधम ग्राहकलाई मिटर वितरण गर्दै घरघरमा बत्ती जोड्ने काम भइरहेको छ ।” मिटर जडानका लागि घरधनीले वडा कार्यालयमा आएर फाराम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए । पहिलो चरणमा बारपाकका ५०० घरधुरीमा बत्ती बाल्ने योजनामा प्राधिकरण रहेको प्रमुख न्यौपानेले जानकारी दिए ।

न्याैपानेका अनुसार प्राधिकरणले विपन्न परिवारलाई भने निःशुल्क मिटर उपलब्ध गराउने छ । गत चैतभित्र बारपाकमा विद्युत् पु¥याउने योजना प्राधिकरणको थियो । कोरोना सङ्क्रमणको जोखिमपछि बन्दाबन्दीले काम गर्न केही असहज भएकाले ढिलाइ भएको हो । लाइन विस्तारका लागि बालुवादेखि बारपाकसम्म मुख्य लाइनमा २५५ र शाखा लाइनमा ५९० वटा फलामे खम्बा गाडिएको छ ।

बारपाकसम्म लाइन विस्तारका लागि लाङ्गाली सप्लायर्स एण्ड निर्माण सेवा धादिङसँग २०७५ सालमा सम्झौता भएको थियोे । यता गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएपछि स्थानीयवासी खुशी भएका छन् । “लद्युजलविद्युत् आयोजनाबाट बत्ती बाल्दा भोल्टेज नपुग्ने, कुटानी पिसानीलगायत समस्या थियो”, स्थानीयवासी कोपिला घलेले भने , “अब ती समस्या हामीले भोग्नुपर्दैन भन्ने लागेको छ ।” रासस

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ पुष २, १२: ३८: १७

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ पुष २, १२: ३८: १७

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ पुष २, १२: ३८: १७

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP