March 5, 2021, Friday

१३ वर्षीय आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

नयाँ विकल्प

उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

पिडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ । बालविवाह गराउने पक्राउ उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् । गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दाहालले बताए ।

राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ । त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका–६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् । दुवै जोडीले गत मङ्सिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

नेपालमा अब हिंसात्मक द्वन्द्व समाप्त भयाेः प्रधानमन्त्री ओली
नेपालमा अब हिंसात्मक द्वन्द्व समाप्त भयाेः प्रधानमन्त्री ओली
  • २०७७ पुष ३, १२: ०३: ५०

नयाँ विकल्पकाठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव नेत्र विक्रम चन्दलाइ स्वागत गर्दै आगामी राजनीतिक यात्राकाेलागि शुभकामना ब्यक्त गरेका छन्...

युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव
युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव
  • २०७७ पुष ३, १२: ०३: ५०

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रक चन्द विप्लबले नयाँ युगकाे सुरूवातीकालागि शान्तिपुर्ण राजनीति स्विकार गरेकाे...

प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
  • २०७७ पुष ३, १२: ०३: ५०

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमती...

भर्खरै

TOP