नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले सत्ता र शक्तिको भागबण्डालाई लिएर आन्तरिक कलहमा डुवेको सरकारसमक्ष संघीय संसदको नियमित अधिवेशन बोलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसदको नियमित बैठक बोलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए ।
बैठकले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषद् सम्वन्धी कानून परिवर्तन गर्ने गरी ल्याइएको अध्यादेश लोकतान्त्रिक मुल्य र मान्यताबिपरित रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेको छ । सो अध्यादेश फिर्ता लिन सत्तारुढ दलका सांसदहरुले नै राष्ट्रपतिलाई गुहारेका थिए ।
परिषद् बैठकमा पेश गरिने एजेण्डाका विषयमा जानकारी नदिने, परामर्श र छलफल नगर्ने तथा कार्यविधि अनुसार ४८ घण्टाअघि खबर समेत नगर्ने एवम् एकलौटी रुपमा संवैधानिक निकायमा आफू निकटका पार्टी कार्यकर्तालाई भर्ती गर्ने प्रधानमन्त्री ओलीको योजनाप्रति परिषद सदस्यले नै आपत्ति जनाएका छन् ।
परिषद् सदस्यहरु सभामुख खग्नीप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा परिषद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।
यस्तै, कांग्रेसले संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख चयन नभएसम्म संसदको आगामी हिउँदे अधिवेशन अबरुद्ध गर्ने निष्कर्ष निकालेको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य रहने प्रावधान छ ।
संविधान अनुसार नेकपाको तर्फबाट सभामुखमा अग्नीप्रसाद सापकोटा निर्वाचित भएपछि उपसभामुखमा नेकपाबाहेकको दलकी महिला सांसद सदस्य निर्वाचित गर्नु पर्ने हुन्छ ।
यस्तो अवस्थामा परिषद्मा उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता आफू अनुकुल चलाउन नपाउने भन्दै प्रधानमन्त्री ओलीले कायम रहेको सदस्य संख्याको बहुमतले समेत निर्णय गर्नसक्ने प्रावधान राख्दै परिषद सम्वन्धी अध्यादेश जारी गराएका थिए ।
कांग्रेस संसदीय दलले विशेष अधिवेशन निश्चित विषयमा छलफ गरी टुंगोमा पुर्याउनको लागि मात्र केन्द्रीत हुने भएकाले विशेष महाधिवेशन नभइ नियमित अधिवेशन बोलाउन माग गरेको छ ।
आगामी हिउँदे अधिवेशनमा उपसभामुखको निर्वाचन सम्वन्धी कार्यसूची नल्याएमा सदनको कारबाही अघि बढ्न नदिने पक्षमा कांग्रेस पुगेको हो । यसअघि कांग्रेस सांसद तथा यूवा नेता गगनकुमार थापाले उपसभामुखको निर्वाचन नभएसम्म सदन चल्न नदिने र अध्यादेश फिर्ता नलिएसम्म परिषद् बैठकमा दलका नेता तथा सभापति देउवा जान नहुने भन्दै सामाजिक संजालमार्फत आव्हान गरेका थिए ।
नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रक चन्द विप्लबले नयाँ युगकाे सुरूवातीकालागि शान्तिपुर्ण राजनीति स्विकार गरेकाे...
नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमती...
नयाँ विकल्पकाठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो...