नयाँ विकल्प,
काठमाडौं – गृह मन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । ललितपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा गृह सहसचिव ढुण्डीप्रसाद निरौलालाई सरुवा गरिएको छ ।
त्यस्तै, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरीमा, गृहका सहसचिव वासुदेव दाहाललाई धनकुटाको प्रजिअमा, रामेछापकी प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मीको प्रजिअमा पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई जिप्रका रामेछापमा सरुवा गरिएको छ ।
यस्तै, खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा, महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यालय झुम्कामा, भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय कटारीमा, अध्यागमन विभागका महानिर्देशक कृष्णप्रसाद भण्डारीलाई जिप्रका भोजपुरमा, गुल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, डोल्पा, सिरहा, खोटाङ, मुगु, पाँचथर, तेह्रथुमका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।
१. प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा बहसमा रहेको वहुप्रतीक्षित रिटको फैसला २०७७ साल फागुन ११ गते भयो र त्यो फैसलाले...
नयाँ बिकल्प,तुलसीपुर – पुनरावेदन अदालतका एक न्यायाधीशकी श्रीमती समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला कमिटी...
नयाँ विकल्पचितवन–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन...