May 6, 2021, Thursday

मध्यपहाडी लोकमार्गको बन्द हट्यो, यातायात नियमित सञ्चालन

नयाँ विकल्प

कुस्मा- दैनिक साढे तीन घण्टा बन्द हुँदै आएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको छ ।

सडक चौडा बनाउन दैनिक तीन घण्टा बन्द गरिए पनि सोमबारदेखि यातयात सञ्चालन गरिएको हो । यसअघि हरेक दिन दैनिक बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म यातायात बन्द हुँदै आएको थियो । राष्ट्रिय गौरवको आयोजनाको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–८ चुवाको भिरमा कटान गर्न तीन हप्ताका लागि सडक बन्द गरिएको थियो ।

निर्माणकार्य पनि अघि बढाउँदै अवरुद्ध सडक पनि सञ्चालन गरिएको सडक निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले जनाएको छ । सडक चक्लाबन्दी गर्ने काम भने अहिलेसम्म ३० प्रतिशत मात्रै सकिएको छ । लामो समयसम्म सडक बन्द गरिरहँदा समस्या हुने भएकाले तीन हप्तापछि सञ्चालन गरिएको र केही हप्तापछि बन्द गरेर बाँकी खण्ड पूरा गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

“केही समय बन्द खोलेर पनि काम गर्छौँ, नसकिएको खण्डमा पछि बन्द गरेर पनि पूरा गर्ने योजना बनाएका छौँ”, कम्पनीका प्रतिनिधि राजाराम आचार्यले भने । लोकमार्गको पर्वत खण्डमा पर्ने कुश्मा नगरपालिका–७ खरेहाबाट वडा–८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउने तथा कतिपय ठाउँमा सुधार र कालोपत्रको काम चलिरहेको छ ।

कालोपत्रको काम चलिरहेका ठाउँमा समस्या नहुने भए पनि भिर कटान गर्नुपर्ने ठाउँमा सवारी सञ्चालनमा रहँदा दुर्घटना जोखिम हुने भएका कारण यसअघि बन्द गरिएको थियो । कम्पनीले मोदीखेतबाट ओढारेसम्म कालोपत्र विच्छ्याउने काम गरेको छ भने चुवा र छमर्केबाट पनि कालोपत्रको काम थालेको जनाएको छ ।

आयोजनाको २३ किलोमिटर पर्वत खण्ड आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । जलजलामा भू–सेवा केन्द्र स्थापना धवलागिरिको स्थानीय तहमै पहिलोपटक पर्वतको जलजला गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई जग्गासम्बन्धी लिखत प्रमाणित, अंशवण्डा, राजीनामा, नामसारीलगायत जग्गा प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको गरिएको हो ।

सोमबारदेखि शुरु भएको केन्द्रको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सदरमुकाम कुश्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवा विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको जानकारी दिए । कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानून व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीय तहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

उनले केन्द्रबाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्रसहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताए । प्राविधिक सामग्रीसहित जनशक्तिको व्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा प्रचारप्रसार गरिने उनले बताए । अनलाइनमा भएको फाराम भरेर प्रिन्ट गरी प्रमाणीकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ ।

गाउँपालिकामा सेवा शुरु हुनु अगाडि कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत गर्ने काम गराउनका लागि तालिमसमेत दिइएको थियो । केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष ७, १२: २९: ५७

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष ७, १२: २९: ५७

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष ७, १२: २९: ५७

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP