नयाँ विकल्प,
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको निर्णयलाई खारेज गर्नु पर्ने माग गर्दै सत्तारुढ नेकपाका चार सांसदले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
उनीहरुले संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ९० जना सांसदले दायर गर्ने भनिएको रिट जम्मा ४ सांसदले दायर गरेका छन् ।
नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेको अधिवक्ता गोविन्द शर्मा बन्दीले बताए ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी थियो । तर सबैको नागरिकता लगायतका आवश्यक कागजात संकलन गर्न समय लाग्ने भएकाले चार जनाले मात्र रिट दिएको जनाइएको छ ।
नयाँ विकल्पम्याग्दी–म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन्...
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरिरको वायाँ भागमा समस्या...
नयाँ विकल्पमोरङ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको...