February 25, 2021, Thursday

राष्ट्रपतिको ‘ललिपप’ देखाएपछि चुनावबाट भाग्दै पौडेल


नयाँ बिकल्प,

काठमाडौं – करिव दुई तिहाइ बढी संघीय संसदका सदस्यको समर्थनमा प्रधानमन्त्री बनेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टी भित्रै अल्पमतमा परेको भन्दै संसद भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको यो कदमलाई लिएर सत्तारुढ नेकपा भित्र र वाहिर तिब्र आलोचना र टिप्पणी भइरहँदा संसदको दोश्रो ठूलो दल नेपाली कांग्रेसलाई तरंगित गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारदेखि शुरु बैठकमा नेताहरुकाे मत पनि विभाजित भएको छ ।

संसदीय लोकतन्त्रमाथि विश्वास गर्ने समाजवादी दल कांग्रेसको लागि आवधिक निर्वाचनमा वा ताजा जनादेशमार्फत सरकार चलाउनु पर्छ मान्यतामा कसैको विमति रहँदैन् । तर, कांग्रेस भित्र आफूलाई सबैभन्दा अग्रणी समाजवादी चिन्तक मान्ने नेता रामचन्द्र पौडेल भने निर्वाचनबाट भाग्न खोजेका छन् ।

नेता पौडेलले यस्तो अभिव्यक्ति दिए भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचनमा जान नहुने धारणा राखेका छन् ।

ओली नेतृत्वको सरकारले प्रतिनिधि सभाको विघटन गरी आगामी बैशाख १७ र २७ गते घोषणा गरेको मध्यावधि निर्वाचनका बिरुद्ध सडक संघर्ष गर्नु पर्ने धारणा राखेका थिए । पौडेलले केन्द्रीय कार्यसमिति बैठकमा राखेको यस्तो धारणाबाट कांग्रेसका केन्द्रीय सदस्यहरु अचम्ममा परेका छन् ।

किन भाग्न खाेज्दैछन् पाैडेल चुनावबाट ?

गत मंसिर १७ गते गृह जिल्ला तनहुँको व्यासस्थित बुल्दी खोलामाथि निर्माण भएको पुल उद्घाटनका क्रममा सरकारले प्रहरी लगाएर नियन्त्रणमा लिएपछि पौडेल ओलीबिरुद्ध व्यक्तिगत रुपमा समेत रुष्ट बनेका छन् ।

ओलीप्रति तिक्ततापूर्ण अभिव्यक्ति दिँदै आएका पौडेललाई सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले पुस ३ गते शुक्रबार भेट गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २८ र ३० गते संवैधानिक परिषद्को बैठक बोलाएका थिए । परिषद् सदस्य समेत रहेका देउवा ३० गते विहानको परिषद बैठकमा गएका थिए भने बेलुकाको बैठकमा गएनन् ।

आफूहरुलाई वाईपास गरी बोलाइएको परिषद् बैठकमा देउवा जान सक्नेभन्दै देउवालाई रोक्न प्रचण्ड र नेपालले पौडेललाई ध्यानकर्षण गराएका थिए । पुस तीन गतेको भेटमा पौडेललाई ‘भावी राष्ट्रपतिको गोल्डेन अफर’ प्रचण्ड र नेपालले गरेका थिए ।

परिषद् बैठकमा नगए पनि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवाको सिफारिस बमोजिक कांग्रेस निकटका १४ जनालाई विभिन्न संवैधानिक निकायको आयुक्तमा नियुक्त गरेपछि प्रचण्ड र नेपाल भने ओली–देउवाको सल्लाह र सहमति होला भन्ने आशंकामा छन् ।

देउवाको साथ र सहयोग ओलीलाई भएमा प्रतिनिधिसभा पुनर्स्थापनाको आफ्नो राजनीतिक माग कमजोर होला भन्ने आशंकाले प्रचण्ड र नेपालले पौडेललाई राष्ट्रपतिको ‘गोल्डेन अफर’ गरेको बुझिएको छ ।

मंगलबारको बैठकमा एक घण्टाभन्दा बढी बोलेका पौडेलले पार्टी सभापति देउवालाई लक्षित गर्दै कसैको निकट भएकै आधारमा केहीलाई संवैधानिक निकायमा नियुक्ति दिएकाले त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

प्रतिनिधिसभा भंग गर्ने ओलीको कदमका बिरुद्ध देशव्यापी आन्दोलन गर्नु पर्ने धारणा पौडेलले राखिरहँदा उनी निकटका केन्द्रीय सदस्यहरुले भने असहमति जनाएका छन् ।

पूर्वमन्त्रीहरु डा. नारायण खड्का र महेश आचार्यले लोकतन्त्रप्रति विश्वास गर्ने राजनीतिक दलले निर्वाचनबाट भाग्न नहुने धारणा राखेका थिए । उनीहरुले सर्वोच्च अदालतमा मुद्धा परिसकेपछि त्यसका बिरुद्ध कांग्रेस जान नहुने भनेका थिए ।

आचार्य र खड्काले अदालतले संसद पुनर्स्थापना गर्ने आदेश नदिएमा अनन्त कालसम्म सडक संघर्ष सम्भव नहुने र त्यो बाटो घातक हुने भन्दै नेतृत्वलाई सचेत गराएका थिए ।

पौडेल निकटका केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा.रामशरण महत लगायतले पार्टी महाधिवेशन फागुनमा नहुने र मध्यावधि निर्वाचनपछि मात्र महाधिवेशन हुने हुँदा देउवाको नेतृत्वमा चुनावमा जाँदा आफू कमजोर हुने भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिरहेका छन् ।

अध्यादेशमार्फत ल्याएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्वन्धी संशोधनपछि बसेकाे परिषद बैठकमा पौडेल निकटका कसैले पनि नियुक्ति नपाएपछि पौडेल यतिवेला ओलीप्रति रुष्ट बनेका छन् ।

उता सभापति देउवा भने गत २०७४ सालको स्थानीय निर्वाचनमा गठबन्धन गरेका तत्कालिन नेकपा माओवादी अध्यक्ष प्रचण्डले प्रदेश र संघीय निर्वाचनमा एमालेसँग गठनबन्धन गरेर धोका दिएको भन्दै प्रचण्डलाई सोही घटनाको प्रतिशोध लिन चाहेका छन् ।

यता राष्ट्रपति भइहालिन्छ कि भन्ने आशामा रहेका पौडेलले तत्काल निर्वाचन गर्न नहुने भन्दै संसद पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिन आफू निकटका केन्द्रीय सदस्यहरुलाई दबाब दिन थालेका छन् । तर देउवा निकट नेताहरू भने प्रचण्ड र नेपालकाे याे प्रस्ताव पाैडेलका लागि यस पटक पनि ‘माछाे माछाे –भ्यागुताे’ नै हुने ठाेकुवा गर्छन् ।

सम्बन्धित समाचार

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ पुष ८, १४: ०१: ३६

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ पुष ८, १४: ०१: ३६

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
इन्डोनेसियामा भारी वर्षाका कारण सुन खानीमा पहिरो
  • २०७७ पुष ८, १४: ०१: ३६

इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...

भर्खरै

TOP