March 8, 2021, Monday

दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै

नयाँ विकल्प

धनगढी- सरकार र विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजालगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ ।

सीमान्तकृत बालिकाको शिक्षामा पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीबीच धनगढीमा आयोजित कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू भएको दिवा खाजा कार्यक्रम सकारात्मक देखिएको बताए । सुदूरपश्चिम प्रदेशका झण्डै १२ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रतिनिधि सहभागी उक्त छलफल कार्यक्रमबाट शिक्षामा सीमान्तकृतको पहुँच बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एउटा स्थानीय तहले गरिरहेको राम्रो अभ्यास अर्को स्थानीय तहले पनि कार्यान्वयन गर्न सक्ने भएकाले यस्तो छलफल निकै प्रभावकारी हुने बताउनुभयो । उनले भने , “बालिकाहरुलाई सहजरुपमा शिक्षा प्रदान गर्नका लागि विद्यालयहरु पनि बालिका मैत्री हुनु र सम्बन्धित अभिभावकको सोचमा परिवर्तन आउन जरुरी छ ।” धनगढी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत महादेश जोशीले पहिलेको तुलनामा बालिकाको शिक्षामा पहुँच बढ्दै गएको जानकारी दिए ।

अझै पनि भौगोलिकरुपमा विकट र चेतनाका दृष्टिमा पछि परेको कतिपय समुदायका अभिभावक आफ्ना बालिकालाई विद्यालय पठाउन विभिन्न कारणले सकिरहनु भएको छैन, उनले भने बालिकाको शिक्षामा थप पहुँच बढाउनका लागि सम्बन्धित अभिभावकमा पनि चेतना फैलाउनु पर्ने देखिएको कार्यक्रमका सहभागीहरुको जोड थियो ।

मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी ऐजुकेशन (बेस) जस्ता संस्थाले कैलालीलगायतका जिल्लामा शिक्षामा बालिकाको पहुँच बढाउन सीमान्तकृत बालिकाको शिक्षामा पहुँच सहयोग परियोजनामार्फत विभिन्न सहयोग पु¥याइरहेको जनाइएको छ ।रासस

सम्बन्धित समाचार

आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
  • २०७७ पुष ८, १६: ३५: ३९

नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...

भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
  • २०७७ पुष ८, १६: ३५: ३९

नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...

‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
  • २०७७ पुष ८, १६: ३५: ३९

नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...

भर्खरै

TOP