नयाँ विकल्प,
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन् ।
प्रचण्ड र नेपालसहितका वरिष्ठ नेताको बिहीबार बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो । पाण्डेलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने भएको छ ।
महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए । तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको स्रोतले बतायो । रावल पूर्वएमाले हुन भने शर्मा पूर्वमाओवादी हुन् । रावल र शर्मा दुवै पूर्वगृहमन्त्री हुन् ।
पाण्डे तत्कालीन नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए । तर, तत्कालिन नेकपा एमाले र माओवादीको एकीकरणपछि एमालेको उपमहासचिव रहेका विष्णु पौडेललाई महासचिव बनाइएको थियो ।
प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने पौडल नै छन् । प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...