May 6, 2021, Thursday

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग

नयाँ विकल्प

चितवन- भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ ।

रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताए ।

उनले भने , “चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।” चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताए

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष ९, १२: १८: ३२

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष ९, १२: १८: ३२

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष ९, १२: १८: ३२

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP