नयाँ बिकल्प,
काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार बिहान खुमलटारमा भेट गरेकी छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि प्रचण्डले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी पेश गरेको राजनीतिक प्रस्तावसँगै चुलिएको दुई नेताबीचको तनाव मत्थर गर्न दौडधुप गरेकी थिइन् ।
नेकपाको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने बताउँदै आए पनि पटक –पटक नेकपामा विवाद हुँदा चिनियाँ राजदूतले केपी ओली, प्रचण्ड र माधव नेपालसँँग भेट्ने गरेकी छन् ।
राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति विद्या भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन् । चिनियाँ राजदूतले नेपालका उच्च अधिकारीसँग बारम्बार भेट गर्ने गरे पनि त्यसको विषय भने गोप्य राख्ने गरिएको छ ।
नयाँ विकल्प गल्काेट- बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । बागलुङको निसीखोला गाउँपालिका र पूर्वी...
१. प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा बहसमा रहेको वहुप्रतीक्षित रिटको फैसला २०७७ साल फागुन ११ गते भयो र त्यो फैसलाले...
नयाँ बिकल्प,तुलसीपुर – पुनरावेदन अदालतका एक न्यायाधीशकी श्रीमती समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला कमिटी...