May 11, 2021, Tuesday

तत्कालिन माओवादीले द्वन्द्वकालमा लुटिएको सुन अझै फिर्ता भएन

नयाँ विकल्प

बैतडी- द्वन्द्वकालमा सुरक्षाका लागि बैंकमा राखेका ३०० पोका ( स्थानीयवासीको दाबीअनुसार तीन किलो ) सुन बैंकबाटै लुटिएको घटनाको विस्तृत छानबिन नहुँदा प्रचौंडी क्षेत्रका स्थानीयवासी मर्कामा परेका छन् ।

द्वन्द्वका बेला सुरक्षाको कारण देखाएर नेपाल बैंक लिमिटेडको बैतडी प्रचौंडी शाखा २०५७ कात्तिक २२ गते जिल्ला सदरमुकाम बैतडी सरेको र सदरमुकाको सुरक्षित स्थानबाटै बैंक लुटिएपछि प्रचौंडी क्षेत्रका स्थानीयले राखेको सुन चोरी भएको जनाएको छ । झण्डै दुई दशकसम्म पनि सुन फिर्ता पाउन नसकेको प्रचौडीका स्थानीय बासिन्दा धनबहादुर बोहराले बताए । आफ्नो घरपरिवारले बैंकमा राखेको अढाइ तोला सुन र सोको क्षतिपूर्ति हालसम्म पनि पाउन नसकेको बोहराले गुनासाे गरे ।

त्यतिबेला एक तोला सुनको ६ हजार रुपैयाँ थियो । त्यति बेलाको मूल्य अनुसार रु ४ लाखभन्दा बढीको सुन प्रचौंडीका स्थानीयवासीले बैंकमा राखेका थिए । सदरमुकामबाटै बैंक लुटियो भन्ने खबर मात्रै पायौं । अहिलेसम्म कसले किन लुट्यो भन्ने बारेमा कुनै छानबिन गरेन । रिपोर्ट सार्वजजिक गरिएको छैन । बोहराले भने , “बैंकबाट यति धेरै ठूलो परिमाणमा सुन लुटिएको बैतडीमा पहिलो घटना हो ।”

तर राज्यले कुनै छानबिन नगरेको प्रचौडीका स्थानीयवासीले गुनासो गरेका छन् । छानबिन गरेर जनताको सुन फिर्ता गर्न आफूले बैंक र सरकारप्रति माग गरेको स्थानीय नेता रमिल बमले बताए । बैंक लुटपाटको घटनापछि नेपाल बैंक लिमिटेडको बैतडीको प्रचौडी शाखा, डडेल्धुराको जोगबुढा शाखा, दार्चुलाको गोकुलेश्वर र लटैनाथ, डोटीको जोरायल र बझाङको बिचगडा शाखालाई एकीकृत गरी हाल संयक्त रुपमा नेपाल बैंक लिमिटेड डडेल्धुरा जिल्ला सदरमुकाममा स्थापना भई सञ्चालनमा आएको डडेल्धुराका शाखा प्रबन्धक रामचन्द्र जोशीले जानकारी दिए ।

बैतडी, दार्चुला, बझाङ, डोटी र शाखा हालसम्म पुनःस्थापना हुनसकेका छैन । प्रचौंडीवासीले आफ्नो सुन फिर्ता हुनुपर्ने र बैंकको शाखा पनि चाहिने माग गरेको तर यता बैंक डडेल्धुरा शाखाका अनुसार प्रचाैंडी शाखाको चोरी भएको सुन ३०० जनामध्ये ९४ जनाले सुन बराबरको रकम फिर्ता गरिसेको प्रबन्धक जोशीले बताए ।

सर्वोच्च अदालतबाट २०६४ मङ्सिर २८ गतेको फैसला अनुसार डडेल्धुरा शाखमा सम्पर्क गर्ने सूचना गोरखापत्रमा २०७० असार १० गते प्रकासित गरिएको र डडेल्धुरा शाखाबाट बैतडीका ९४ जनाले करिब एक किलो ५०० ग्राम सुन बराबरको रकम फिर्ता गरिएको डडेल्धुरा शाखाले जनाएको छ । अन्य २०६ जना ऋणी सम्पर्कमा नआएकाले अब तोकिएको म्यादभन्दा बढी समय नाघी सकेको सुनको मूल्यभन्दा दोब्बर पैसा चुक्ता गर्नुपर्न भएकाले अन्य सुन धनीहरु नआएको हुनसक्ने शाखा प्रबन्ध जोशीले बताए

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ पुष ९, १६: ०६: २१

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ पुष ९, १६: ०६: २१

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ पुष ९, १६: ०६: २१

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP