नयाँ विकल्प
काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो।
काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ । यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बैठकमा जानकारी दिए ।
उनले भने, ‘यो नेपाल बन्दसम्म पनि हुन सक्छ ।’आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ । २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ।
नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...
नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...
नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...