February 28, 2021, Sunday

कांग्रेसले पुस १३ गते सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा भङ्ग गर्ने राष्ट्रपतिलाई सिफारिस गरेको विरोधमा देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा बिघटनको असम्बैधानिक एबम् अलोकतान्त्रिक कदमको बिरोधमा पुष १३ गते १६५ वटै संघीय निर्बाचन क्षेत्रमा बिरोध कार्यक्रम गर्ने नेपाली काँग्रेस केन्द्रीय कार्यसमितको निर्णय भएको महामन्त्री पूर्णबहादुर खड्काले जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महामन्त्री खड्काले सरकारका बिरुद्ध सकड आन्दोलनमा जाने उद्घोष गरेको हो ।यसअघि बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पुस १४ गतेको लागि प्रस्ताव गर्नु भएको आन्दोलनको मितिको विषयमा छलफल हुँदा बिबाद उत्पन्न भएको थियो ।

पुस १४ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने विषयमा बुधबारकै बैठकले निर्णय गरिसकेको छ भने १३ गते बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकमा केही सदस्यले प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णयको विषयमा सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेकाले त्यसको आदेशलाई पर्खदा उचित हुने धारणा राखेका थिए भने केहीले तत्काल सडक संघर्षमार्फत पार्टीले आफ्नो धारणा सार्वजनिक गरेर जनता र कार्यकर्तालाई जागरुक गराउनु पर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु
  • २०७७ पुष ९, १७: ३१: ०७

नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...

प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
प्रधानसम्पादक दवाडीलाइ कोभिड संक्रमण
  • २०७७ पुष ९, १७: ३१: ०७

नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...

राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
राष्ट्रिय सभाका पूर्वसांसद डाक्टर शंकर उप्रेतिको निधन
  • २०७७ पुष ९, १७: ३१: ०७

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...

भर्खरै

TOP