नयाँ बिकल्प,
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल–नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
शुक्रबार बिहान पौने १० बजेबाट माइतीघर मण्डलाको दक्षिणतर्फको सडकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसहित सो समूहका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरूले प्रदर्शन गरेका हुन् ।
अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रतिनिधिसभा भंग नभएको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए ।
प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएका छन् । माइतीघरको प्रदर्शनपछि बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन निर्वाचन आयोग जान लागिएको नेतृ रामकुमार झाँक्रीले बताइन ।
दाहाल–नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जान लागेका छन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एक अर्काविरूद्धका निर्णय गरिरहेका छन् । दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका थिए ।
यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल –नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।
नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...
नयाँ विकल्प इलाम – रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका...
नयाँ विकल्प सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको...