January 15, 2021, Friday

सुदुरपश्चिमका महिला कामभन्दा शिशुकाे स्वास्थ्यमा बढी ध्यान दिदै

फाइल फाेटाे

नयाँ विकल्प

डडेल्धुराका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बनेकी छन् ।

सामान्यतया खाना खुवाएपछि घरको चुलोचौका सम्हाल्ने उनी अहिले बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सचेत बनेकी हुन् । “बहुक्षेत्रीय पोषण कार्यक्रमले सचेतना दिएपछि आफूहरु सधैँ स्वास्थ्यप्रति सचेत छौँ”, उनले अगाडि भनिन, “अचेल घरको कामभन्दा आफ्ना दुधे बालकको स्वास्थ्यमा बढी ध्यान दिन्छौँ ।”

घरपरिवारले पनि गाह्रो काम नगर, शिशुलाई दूध खुवाउनू भन्न थालेपछि उहाँ निकै खुशी छन् । “हामीलाई यस्ता कुरा थाहा थिएन, जानेको र सुनेको मात्र गथ्र्यौं”, उनले भनिन , “अहिले थाहा पाएपछि शिशुको स्वास्थ्य राम्रो हुने भएकाले धेरै समय बच्चालाई दिने गरेको छु ।” पेट भर्नका लागि बालबालिकालाई बिस्कुट र चाउचाउ खुवाउने जिल्लाभरीका आमा अहिले सचेत बनेका छन् ।

बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगमा कार्यक्रम सञ्चालन भएपछि बालबालिकालाई अत्यावश्यकरुपमा पोषिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएको अमरगढी–७ का जानकी ताम्राकारले बताउनुभयो । “हामी निकै सचेत हुँदै गएका छाै, बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगले अहिले घर आँगनमै लगाइएको तरकारी र अन्नका गेडागुडी र पोषिलो खाने कुरा आफू र बच्चालाई खुवाउने गरेको छौँ”, उनले भनिन ।

आमा र बच्चाको पोषणस्थिति सुधार्न सञ्चालित कार्यक्रमअन्तर्गत ‘हरेक बार चार खाना’ को अवधारणा ल्याइएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए । बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुजन्य खाना खुवाउनुपर्ने कुरालाई कार्यक्रमले सिकाउँदै आएको छ । अमरगढी–१ का यशोदा टमटा भन्छिन ।,

“बालबालिकाको पोषणका लागि सचेत रहन र व्यवहारमा लागू गर्न सिकाएपछि आफूले बच्चालाई हरेक बार चार तत्व मिश्रित खाना खुवाउने गरेकी छु ।” बच्चा दुई वर्षको नहुञ्जेल पोषणयुक्त खानामा जोड दिनुपर्ने र यो अवधिमा बालबालिकामा ८० प्रतिशत शारीरिक, मानसिक र बौद्धिक विकास हुने बताएपछि आमा सचेत बनेका छन् । अझै पूर्णरुपमा व्यवहार परिवर्तन हुन नसकेको अमरगढी स्वास्थ्य शाखा प्रमुख विष्टले बताए । “आमाहरु आफ्नो र बालबच्चाको स्वास्थ्यप्रति ख्याल गर्नेसम्मको परिवर्तन भएको छ, अझै धेरै गर्न बाँकी छ उनले भने , “व्यवहार परिवर्तन भन्ने कुरो धेरै कठिन छ । अहिले बच्चालाई स्तनपान र पोषिलो खाने कुरा खुवाउनुपर्छ भन्ने सचेतना आएको छ । ”

सम्बन्धित समाचार

रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख वलीसहित ५ जना जुवा खालबाट पक्राउ
  • २०७७ पुष १२, १३: २१: ०१

नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...

शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसको अपिल
  • २०७७ पुष १२, १३: २१: ०१

नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...

तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
तङ्ग्रिदै छ पोखराको पर्यटन ब्यावसाय
  • २०७७ पुष १२, १३: २१: ०१

सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...

भर्खरै

TOP