May 11, 2021, Tuesday

दुर्गम जिल्ला हुम्लाका महिलाले सुत्केरी भत्ता पाएनन्


नयाँ विकल्प
सिमिकाेट- हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् ।

प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम निकासा नहुँदा भत्ता नपाएको ताँजाकोट गाउँपालिका–२ निवासी मैलागाउँका राजपुरा सुनारले गुनासो गरे । गत कात्तिकमा सुत्केरी भएको तर हालसम्म सुत्केरी र गर्भवती जाँच गरेवापत पाउने भत्ता नपाएको सुनारले गुनासो गरे ।

भत्ताकै लागि तीनपटक स्वास्थ्यचौकीमा पुग्दा गाउँपालिकाबाट भत्ता नआएकाले दिन नसकिएको जवाफ पाएको उनले बताए । सुत्केरी भएकै बेला दिएर पोषिलो खानेकुराका लागि पाउनुपर्ने भत्ता सात महिनासम्म नपाएको अर्की सुत्केरी गरी बुढाले बताइन् ।

आफू असारमा सुत्केरी भएको तर भत्ता नपाएको गुनासो गरिन । सुत्केरी भत्ताका साथै गर्भजाँच गराएको भत्ता पनि नपाएको यहाँका महिलाले गुनासो गरेका छन् । राज्यबाट गर्भवतीलाई प्रसूतिगृहमा सुरक्षित सुत्केरी गराउनका लागि प्रोत्साहनस्वरूप भत्ताको व्यवस्था गरे पनि कार्यक्रम कार्यान्वयन गर्ने निकायको लापरवाहीले गर्दा हालसम्म भत्ता नपाएका हुन् ।

प्रसूतिगृहमा सुत्केरी हुने महिलाले रु तीन हजार प्रोत्साहन भत्ता र गर्भवती भएका बेला चारपटक गर्भजाँच गरेवापत प्रतिपटक रु २०० का दर रु ८०० गरी एक महिलाले रु तीन हजार ८०० पाउँछन् ।

सम्बन्धित समाचार

काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
काेराेनाका कारण एकैदिन २२५ जनाकाे मृत्यु, संक्रमितकाे संख्या हाल सम्मकै उच्च
  • २०७७ पुष १२, १४: ०३: ०१

नयाँ विकल्प, काठमाडाैं -नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु संख्या पनि उच्च रहेको छ...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे,  थप कडाइ गर्ने निर्णय
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे, थप कडाइ गर्ने निर्णय
  • २०७७ पुष १२, १४: ०३: ०१

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत १२ जना संक्रमितको मृत्यु
  • २०७७ पुष १२, १४: ०३: ०१

नयाँ विकल्प, बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७...

भर्खरै

TOP