March 8, 2021, Monday

चिनियाँ कम्युनिष्ट पार्टीका नेताले भेटे प्रधानमन्त्री ओलीलाई


नयाँ विकल्प
काठमाडाैं-चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

चिनियाँ टोली आइतबार चाटर्ड विमानमार्फत नेपाल आएको थियो। टोलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो। टोलीले नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालसँग सोमबार भेट गर्ने बताइएको छ। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र त्यसपछि नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला चिनियाँ टोली नेपाल आएको छ।

आइतबार बेलुकी भएको भेटमा दुई देशबीचको हितका विषयमा कुराकानी भएको बताइएकाे छ । भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए।


सो क्रममा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए। उनीहरूले दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको उनको भनाइ छ।सम्बन्धले नयाँ उचाइ हासिल गर्दै जाने आशा चिनियाँ पक्षले सो भेटमा राखेका थिए। भेटमा उपमन्त्री कुओ येचौले नेपाल चीनको निकट छिमेकी र मित्र रहेको बताएका थिए। उनले चीनले नेपाललाई हरेक क्षेत्रमा सहयोग गर्दै आएको र यो भविष्यमा पनि जारी रहने विश्वास व्यक्त गरेका थिए।

उनले दुबै तर्फबाट एकअर्को मुलुकमा विगत तथा हालमा भएका उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई बुझ्न सहयोग गरेको र यसले मुलुक र नागरिक स्तरमा सम्बन्धलाई प्रगाढ बनाउने बताएका थिए । भेटवार्तामा उक्त टोलीले नेपालले लिदैं आएको एक चीनको नीतिलाई दोहोर्‍याउँदै आफ्नो भूमि चीनविरूद्ध प्रयोग गर्न नदिएको कुरा स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। यसका लागि उनले नेपाल र नेकपालाई धन्यवाद समेत दिएका छन्।

सम्बन्धित समाचार

आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
  • २०७७ पुष १३, १२: २६: ५८

नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...

भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
  • २०७७ पुष १३, १२: २६: ५८

नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...

‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
  • २०७७ पुष १३, १२: २६: ५८

नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...

भर्खरै

TOP