June 24, 2021, Thursday

आन्तरिक मामलामा अनावश्यक चासो दिँदै चीन, उच्च नेताको औपचारिक भ्रमण तर, भेटघाट गोप्य


नयाँ विकल्प,

काठमाडौं – नेपालको मामिलामा शान्त कुटनीतिम रणनीति अख्तियार गर्दै आएको उत्तरी छिमेकी राष्ट्र चीन र चीनका उच्चस्तरका नेताहरुको नेपालमा बारम्बार हुने गोप्य भ्रमणले राष्ट्रबादी स्वाभिमानी नेपालहरुले शंका पैदा गरेको छ ।

सरकार र सत्तारुढ दलका शीर्ष नेताबीचको सामान्य विबाद र समस्यामा समेत दौडधुप गर्ने चिनियाँ राजदूत होउ यान्छीको गतिविधिलाई हेर्न हो भने चिनिया पक्षको भूमिका कुटनीतिक मर्यादा अनुकूल देखिँदैन ।

एकपछि अर्को गर्दै नेपालको उच्चस्तरि भ्रमणमा आएका चिनियाँ पक्षले कुटनीतिक माध्यमबाट दुई पक्षिय सहमति वा सम्झौता पनि भएका छैनन् । पछिल्लो समय सत्तारुढ नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको बिबादलाई मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको गतिविधि कुटनीतिक मर्यादा विपरित देखिन्छ ।

आइतबार मात्र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार गएको थियो ।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको थियो । आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

सो टोलीले आज सोमबार नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन गराउने निर्णय गरेसँगै सत्तारुढ नेकपा भित्रको मतभिन्नता र बिबाद चरम उत्कर्षमा पुगेर पार्टी विभाजनको मार्गमा अघि बढी सकेको छ ।

यस्तो अवस्थामा भारतीय विदेश मामिला विभागका उपमन्त्रीको यो भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चीनका रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोलीले नेपालका सबै पार्टीका उच्च तहका सबैजसो शीर्ष नेताहरूसँग भेट्दैछ ।

गुओ यैचौको टोलीले नेकपाको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग सोमबार भेट्दैछन् । नेताहरुसँग हुने भेटवार्ता र सम्वादको उद्देश्य प्रष्ट गरिएको छैन ।

त्यसै पनि चीन धेरै कुरा सकेसम्म गोप्य राख्ने नीति अवलम्बन गर्छ । सीपीसीकै उच्च तहका नेता तथा रक्षामन्त्री बेई फेङ्गे मंसिर १४ मा मात्रै काठमाडौं आएका थिए । एकदिने त्यो भ्रमणका बेला, दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चर्चा धेरै गरिए पनि प्रधानसेनापति पूर्णचन्द्र थापा, सेनाको विभागीय मन्त्रालयका प्रमुख अर्थात रक्षा मन्त्रालय सम्हालेकाले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर रक्षामन्त्री फेङ्गे फर्किए ।

छिमेकी देशबाट उच्चका नेताहरु नेपाल भ्रमणमा रहँदा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने थाहा पनि हुँदैन । मंसिर १४ गते मन्त्री ज्ञवाली गृहजिल्ला गुल्मीमा थिए । रक्षामन्त्री फेङगेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री रामबहादुर थापा बादल पुगेका थिए ।

गहृमन्त्रीले स्वागत गर्ने, तर भेटवार्ताको लामो समय सेनापतिसँग बितेकोमा नेकपाका नेताहरुले आलोचना गरेका थिए । विभागीय मन्त्रीलाई छिमेकी देशका उच्च तहका नेता मुलुकको भ्रमणमा आएको पनि थाहै नहुने अवस्था आउनुलाई धेरैले कुटनीतिक मर्यादा उल्लंघनको संज्ञा दिएका छन् ।

छिमेकी राष्ट्र चीनसँग झुकाउ राख्दने नेकपालाई फुट्नबाट जोगाउन चिनियाँ उच्चस्तरका नेताको भ्रमण भएको कतिपय नेताको दाबी छ । नेकपाका आन्तरिक कलह चुलिँदै जाँदा चिनियाँ राजदूत यान्छीको दौडधुप असाध्यै बढ्नुलाई चिनियाँ चासो मात्र होइन, दबाबमूलक हस्तक्षेपको रुपमा लिनु पर्ने कतिपय कुनटनीतिक क्षेत्रका ज्ञाताको भनाई छ ।

यान्छीको गतिविधिलाई लिएर विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुले त खुलेरै विरोध गरेका छन् । नेपाल भ्रमणमा आएका गुओ यैचौ २०७४ फागुनमा पनि नेपाल आएका थिए । त्यसबेला वाम गठबन्धन मार्फत एमाले र माओवादीले निर्वाचनमा अपार सफलता पाएको थियो । तर, पार्टी एकता भएको थिएन ।

गत वर्ष सीपीसीका विदेश विभाग प्रमुख वाङ यी र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालबीच २०७५ असोज ७ मा लिखित सहमति भयो । त्यो सहमतिमा राजनीतिक भ्रमणलाई तीव्र पार्ने, पार्टी कार्यकर्तालाई देश र पार्टीका बारे बुझाउने, वैचारिक राजनीतिक छलफल तीव्र पार्ने, विकासको मोडलबारे छलफल गर्ने लगायत उल्लेख छ ।

यो सहमतिकै जगमा २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनफिङले २०७५ असोज २५ मा नेपालको भ्रमण गरी दुई देशबीचको सम्बन्ध र सम्भावना बारे सकारात्मक सन्देशसमेत दिएका थिए ।

ईश्वर पोखरेलको निमन्त्रणामा गत मंसिर १४ मा चिनियाँ रक्षामन्त्री नेपाल आएको बताइयो तर, चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउँदा पोखरेल रक्षा मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालयमा तानिइसकेका थिए भने रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैं लिएका थिए ।

पोखरेल रक्षामन्त्रीबाट हटेपछि चीनका रक्षामन्त्री र भारतीय सेनाका प्रधानसेनापतिले नेपालको भ्रमण गरे । साथै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले गरेको नेपाल भ्रमण र ओलीसँग भएको भेटवार्ताप्रति नेकपाभित्रै चुलिएको असन्तुष्टि थप चर्किदै गयो, हल नहुँदै नेकपा विभाजित भयो ।

सम्बन्धित समाचार

अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
अख्तियारद्वारा आन्तरिक राजश्वका तत्कालिन महानिर्देशक शर्मासहित तीनबिरुद्ध एक अर्ब भ्रष्टाचारको दाबी
  • २०७७ पुष १३, १२: २२: ३८

नयाँ बिकल्प, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...

कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
कोरोनाका कारण मुलुकभर थप ८१ जनाको मृत्यु
  • २०७७ पुष १३, १२: २२: ३८

नयाँ बिकल्प, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२ जना र छुटेको २९ जना गरी कूल...

सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
सुदूरपश्चिम प्रदेशसभा बैठक कांग्रेसद्वारा अबरूद्ध
  • २०७७ पुष १३, १२: २२: ३८

नयाँ बिकल्प, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेको छ। प्रदेशसभाको अर्को बैठक...

भर्खरै

TOP