February 27, 2021, Saturday

कोरोना संक्रमणपछि एक सातादेखि अस्पताल भर्ना भएका सिटौलाको स्वास्थ्यमा सुधार


नयाँ विकल्प,
काठमाडौं – कोरोना भाइरस संक्रमित भएर हाल ह्याम्स अस्पताल धुम्वाराहीमा उपचार गराई रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुभार भएको छ ।
गत मंसिर २६ गते कोरोना पोजेटिभ देखिएपछि आफ्नै निवास चण्डोलमा आइसोलेसनमा बसेका सिटौलालाई निमोनियाको लक्षण देखिएपछि पुस ५ गते अस्पताल लगिएको थियो ।
लगातार पाँच दिनसम्म रेमेडिसिभिर औषधि चलाएपछि उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले जनाएका सिटौलाका स्वकिय सचिव प्रेम भट्टराईले जनाए । ज्वरो समेत कम भएकाले स्वास्थ्यमा क्रमिक सुभार भए शुक्रबारसम्ममा डिष्चार्ज हुन सक्ने उनले जनाए ।
अस्पतालको कोभिड वार्डमैं सिटौलाको उपचार भइरहेको छ । सिटौलाको अवस्था बारे जानकारी दिन महामन्त्री डा. शशांक कोइराला अस्पताल गएका थिए भने पूर्वराष्ट्रपति डा. रामबरण यादव, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल लगायतले फोनबाटै जानकारी लिएका थिए ।
नेता डा.मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलसहितका नेताले सिटौलाको स्वास्थ्य स्थितिको बारेमा अस्पताल गएरै जानकारी लिइरहेका छन् । सिटौलाको उपचारमा संक्रमण रोग विशेषज्ञ डा. अनुपराज सुवेदी नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
शरिरमा सुगरको मात्रा बढेपछि उनलाई अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए । बीर अस्पतालका चिकित्सक डा. भूपेन्द्र बस्नेतले सिटौलाको स्वास्थ्य स्थितिको परिक्षण समेत गरेका थिए ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ पुष १३, १३: ४५: १०

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ पुष १३, १३: ४५: १०

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ पुष १३, १३: ४५: १०

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP