नयाँ विकल्प,
काठममाडौं – नेपाल प्रहरीका ९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) प्रहरी नायव महानिरिक्षक (डीआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ति ९ जना एसएसपीहरुलाई डीआइजीमा बढुवा र्ने निर्णय गरेको हो ।
वढुवा सिफारिसमा पर्ने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । डीआईजी हुन २४ एसएसपी प्रतिष्पर्धामा थिए ।
मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा एक एआईजी र पाँच डीआईजी थप्ने निर्णय गरेको थियो । थपिएको एआईजी दरबन्दीमा डीआईजी विश्वराज पोखरेलको बढुवा मंसिर १५ मगते नै भएको थियो । योसँगै नेपाल प्रहरीमा डीआईजीको संख्या १५ बाट १९ पुगेको छ ।
प्रहरी महानिरिक्षक (आईजीपी) शैलेश थापा क्षत्री र एआईजी बिश्वराज पोखरेलको ब्याचबाट गरी ९ एसएसपीलाई डिआईजीमा बढुवा गरिएको छ । क्षत्रीको ब्याचबाट ९ र एआईजी पोखरेलको ब्याचबाट १५ जना प्रतिस्पर्धामा थिए ।
आईजीपी क्षत्रीको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश ऐर, देबबहादुर बोहोरा र रामकृपाल शाह तथा एआईजी पोखरेलको ब्याचबाट दिवेश लोहनी, पूजा सिंह, मुकुन्द आर्चाय, सुशील यादब र प्रकाश अधिकारी बढुवामा परेका छन् ।
दिवेस लोहनी सनम शाक्य हत्यापछि खुलेको ३३ केजी सुन तस्करी काण्डको अभियोगमा निलम्बनमा परेका थिए । पछि उनलाई निर्दोश सावित गर्दै निलम्बन फुकुवा गरिएको थियो । डीआइजी बढुवा प्रकरणमा आईजीपी क्षेत्रीको भन्दा एआइजी पोखरेलको बोलाबाला भएको देखिएको छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...