March 8, 2021, Monday

ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री बोहरा हटाइए


नयाँ विकल्प,


काठमाडाैं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदबाट बर्खास्त गरेका छन्। बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए।

बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको हाे मुख्यमन्त्री भट्टकाे सचिवालयले जनाएकाे छ । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन्। केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ।

ओली पक्षका मुख्यमन्त्री रहेका प्रदेश १ र बागमती प्रदेशमा उनीहरूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफूकहाँ आइनपुगेको बताए ।

सम्बन्धित समाचार

आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
आयोगको निर्णय नआउँदै ओली पक्षबाट ‘सन्ध्याको पार्टी कब्जामा’
  • २०७७ पुष १४, १२: १४: ०३

नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...

भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
भारतको सहयोगमा चन्द्रागिरीस्थित विष्णुदेवी माविको पुनर्निर्माण शुुरु
  • २०७७ पुष १४, १२: १४: ०३

नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...

‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
‘सेना र प्रहरीका श्रीमतीको नाममा खोलिएका संस्था दासीहरुको जस्तै’
  • २०७७ पुष १४, १२: १४: ०३

नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...

भर्खरै

TOP