May 6, 2021, Thursday

नेपाली कांग्रेसको अबको बाटो !

दुर्गाप्रसाद गौतम,

काठमाडाैं- मुलुकमा जनताको प्रजातान्त्रिक हक अधिकारको सुनिश्चितताको ग्यारेण्टीका लागि भएका मुलुकको विभिन्न कालखण्डका ठूला ठूला राजनैतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस मुलुकमा बिकसित पछिल्ला घटनाक्रमहरूमा शसक्त अगुवा अग्रपंक्तिको उपस्थिति समाजले अनुभूति गर्ने गरि जनाउन असफल हुँदै गएको हो की जस्तो भान आम नेपाली जनतामा पर्दै गई रहेको हो की जस्तो देखिन थालेको छ ।

यस्तो परिस्थिति देखापर्नु मुलुक, जनता र स्वयम कांग्रेस पार्टीको लागि समेत घातक हो भनि वर्तमान नेपाली कांगै्रसलाई नेतृत्व गरी रहेका नेपाली कांग्रेसका सभापति लगाएत सिंगो नेपाली कांग्रेस कार्य समितिले बुझ्नु जरुरी छ । अन्यथा नेपाली जनताको स्वतन्त्रताका खातिर पटक पटक लामो संघर्ष गरेको पार्टी जनताको सम्बृद्धि, विकास र राष्ट्रिय चाहाना पुर्तिको सवालमा अशान्दर्भिक बन्दै पतनको बाटोतिर लाग्न सक्छ ।

त्यसैले वर्तमान नेतृत्वले नेपाली कांग्रेसको आगामी कार्यदेशका सम्बन्धमा यस पार्टीका संस्थापक नेता वि.पि. कोइरालाले देखाउनु भएको बाटोलाई वर्तमान नेपाली राजनैतिक परिस्थिती र सन्दर्भमा पुर्नव्याख्या सहितको प्रेरणा अपरिहार्य छ ।

नेपाली राजनैतिक आकासका एक असल नक्षत्र भनि स्वयम राजा महेन्द्रले पटक पटक स्विकार गरी आफ्नैले अपदस्त गरेका प्रधानमन्त्रीसँग बेला बखत लिने गरेको बैचारीक परामर्शको चर्चाले तातकालिन नेपाली कांग्रेसको नेतृत्वसँग मुलुक, जनता र अन्तराष्ट्रिय सम्बन्धका सम्बन्धमा स्पष्ट दृष्टिकोण थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

विगतमा नेपाली कांग्रेसको अवलम्वन गरेको नीति मुलुकलाई स्वावलम्बी आत्म निर्भर र स्वतन्त्र बनाउने कुरासँग स्पष्ट थियो भन्ने कुरा २०१५ सालमा जन निर्वाचित नेपाली कांग्रेसका नेता वि.पि कोइरालाको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित सरकारले तत्कालिन नेपाली समाजको रुपान्तरण र विकासको लागी लिएको बाटोबाट स्पष्ट हुन सकिन्छ । तत्तकालिन नेपाली कांग्रेसको नेतृत्व आम नेपाली, जनताको समुन्नती ग्रामिण स्वावलम्वन सहितको अर्थनीतिका अवलम्वनबाट मात्र हुन सक्छ भन्नेमा प्रष्ट थियो ।

त्यही भएर तत्कालिन सरकारले क्रान्तीकारी भूमि सुधार तथा ग्रामिण औद्योगिक स्वावलम्बनका आधारहरू तया गर्दै मुलुकमा धेरै अगाडि देखि जरागाडेर बसेको सामन्ती दलाल पुँजीवादी आधारहरूलाई तोड्ने क्रान्तिकारी कदमहरू चाल्यो । यो तत्कालिन नेपाली कांग्रेसको सरकारको समाजवादी अर्थव्यवस्था निर्माणका लागि आधार तय गर्ने स्पष्ट दृष्टिकोण थियो ।

यसबाट हामी तत्कालिन कांग्रेसको नेतृत्व जनकल्याणकारी राज्य व्यवस्थाका निर्माण गर्दै राष्ट्रिय एकता र स्वावलम्वनलाई आधारहरू तय गर्दै मुलुकमा धेरै अगाडी देखि जरा गाडेर बसेको सामन्ती दलाल पूँजीवादी आधारहरूलाई तोड्ने क्रान्तिकारी कदमहरू चाल्यो । यो तत्कालिन नेपाली कांग्रेसको सरकारको समाजवादी अर्थव्यवस्था निर्माणका लागि आाधर तय गर्ने स्पष्ट दुष्ट्रीकोण थियो ।
यसबाट हामी तत्कालिन कांग्रेसको नेतृत्व जनकल्याणकारी राज्य व्यस्थाको निर्माण गर्दै राष्ट्रिय एकता र स्वाबलम्वनलाई बलियो बनाएर राष्ट्र निर्माणलाई अगाडी बढाउने पक्षमा थियो । तर विडम्भना नेतृत्वले तत्कालिन दलाल पुँजीवादी अर्थतन्त्रमा जरा गाडेर बसेको नोकरशाही सामान्तवादी चरित्रलाई आंकलन गर्न सक्ने र ठाडो प्रहार मात्र गर्दा प्रति कान्तिकारीहरूको चङ्गुल नेपाली कांग्रेसलाई नै घेराबन्दी गरेर नेपाली कांग्रेस भित्र पसी सकेको कुरा नेतृत्वले पछि मात्र चाल पायो । यही कारण छोटो समयमा नै २०१७ सालमा दुइ तिहाई बहुमतको नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्र कू गर्न सफल भए ।

अन्यथा त्यति दुरदर्शी नेतृत्व त्यति चाडै कसरी घेरा बन्दीमा पर्न सक्दथ्यो भनि प्रश्न गर्न सकिन्छ । राजा महेन्द्रको उक्त कदम पश्चात वि.पि. कोइरालाले आप्mनो स्पष्ट विमती राजसंस्थासँग कायम राख्नु भयो र जीवन भर सकृय राजतन्त्रको विरोध गर्नुभयो । साथै कांग्रेसको वाहुवलमा नै राजतन्त्रसँगको विमती र प्रजातन्त्रको पुन वाहलीका लागि विभिन्न प्रकृतिका आन्दोलन र विरोधहरूलाई जाी राख्नु भयो ।

तर वहाँले राष्ट्रियता तथा राष्ट्रिय अस्मिता माथि वाहय हस्तक्षेप स्विकार्य हुँदैन भन्ने आप्mनो स्पष्ट अडानकै कारण यि विषय वस्तुहरू कसै सँग कस्तै गरी कम्प्रोमाइज गर्न नसकिने विषय वस्तु हो भन्ने कुरा बुझेकै कारण कहिल्यै पनि कम्यूनिष्टहरू सँगको सहकार्यलाई स्वीकार गर्नु भएको रहेनछ भन्ने कुरा वर्तमान समयमा नेपाली राजनीतिक आकाशमा देखा परेका पठाक्षहरूबाट घाम जतिकै छर्लङ्ग भएको छ ।

वि.पि. को जीवन काल पश्चात एक कालखण्डमा नेपाली कांग्रेसमा नेता पक्षको अवधारणा स्थापित भयो जसमा सर्वोच्च नेता गणेशमान सिंह सन्त नेता कृष्णप्रसाद भट्टाराई र कुशल सँगठन गिरिजाप्रसाद कोइरालाको नेतृत्वले वि.पिको अवशान पछि नेपाली कांग्रेसको कम्युनिष्टहरूलाई हेर्ने दृष्टीकोणमा फेरवदल आयो र गणेशमानजीले नेपाली जनतालाई प्रजातन्त्र दिलाउने सवालमा कम्युनिष्टहरूसँगको सहकार्यलाई स्वीकार गर्ने मनस्थिति बनाउनु भयो र वहाँ कै कारण नेपालमा चिरा चिरामा विभाजित भै सकेको कम्यूनिष्टहरूको दावा गर्ने गरेको नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत भयो ।

संयुक्त वाम घटकको नामको नेपाली कांग्रेसको अगुवाइमा गणेशमानजीको नेतृत्वमा भएको २०४६ सालको जन आन्दोलनमा सरिक भयो र मुलुकमा प्रजान्त्रको पूर्नवाहली भयो । प्रजातन्त्रको पुर्नवाहाली पश्चात नेपाल अधिराज्यको संविधानलाई यहाँको कम्युनिष्टहरूले उल्लेख गरेको आलोचनात्मक समर्थन, नेपाली कांग्रेसको वैचारीक दृष्टीकोणमा आएको संखलनका कारण सर्वोच्च नेता गणेशमान सिंहले नेपाली कांग्रेस पार्टीलार्य नै परित्याग गर्ने परिस्थिति र सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नाे राजनैतिक जीवनको उत्तरार्धमा भोग्नु परेका अपमानहरूमा कतै न कतै कम्यूनिष्टहरूको ढाडमा टेकेर टाउकोमा हान्ने रणनितिले पनि काम गरेको छ भन्ने यो पंक्तिकारको बुझाई छ ।

अतः नेपाली कांग्रेस वर्तमान समय सम्म आइपुग्दा आफ्नाे स्पष्ट स्वरुप, पहिचान र उद्देश्यमा जनताले तटस्थता महशुस गर्ने कोणमा किमार्थ उभिनु उचित हुँदैन । यसको स्वरुप र कार्यदेहा अव स्पष्ट हुनु जरुरी छ । नेपाली कांग्रेसले देशलाई अनन्तकालिन अशान्तिको चङ्गलबाट मुक्त गर्दै सम्भावित गृहय कलहको चपेटाबाट मुक्त गर्न सकिदैन भने गणतन्त्रमा जानुपर्छ भनी यसको अगुगाई र नेतृत्व गरेकै हो तर यो अगुवाहलाई यहाँका कम्युनिष्टहरूमा नेपाली कांग्रेस हामीले सृजना गरेको वाध्यात्मक परिस्थितिको कारण गणतन्त्रको नेतृत्व गर्न वाध्य भएको हो भन्ने लागेको छ र यसको व्याख्या सही मुधाविक यिनीहरूले गर्दै आइरहेका छन् ।

यिनीहरूको पार्टी घोषणापत्र र कार्यदेहामा नेपाली कांग्रस पार्टी प्रतिको यिनीहरूको धारणालाई सरसर्ती नियाल्न जो कोहीले यसलाई बुझ्न सक्छ । नेपाली कांग्रेस नेतृत्व पंक्तिको पछिल्लो व्यवहारलाई हेर्दा कांग्रेस कतै अलमलमा परेको त होइन भन्ने भान आम नेपाली जनताले गर्द थालेका छन् । जुन नेपाली कांग्रेसको आगामी भविष्यका लागि पनि सुखद क्षण होइन । उदाहरणका लागि हाल मुलुकमा नेकपाको गतिविधिबाट सृजित राजनैतिक संकटको अवस्थामा जनजस्तरबाट नेपाली कांग्रेसलाई के.पि कांग्रेस र प्रचण्ड कांग्रेस भनि गरिएका टिप्पणीहरू सुखद होइनन् ।

यि सबैका पछाडी कतै न कतै हालको नेपाली कांग्रस सिङ्गो कार्य समिति नेतृत्व जीम्मेवार छ की सभापति मात्र । जीवनत पार्टीमा वहस अन्तरकृया आवश्यक तथा अनिर्वाय शर्त हो भन्ने तथ्यलाई नेपाली कांग्रेस जस्तो पुरानो प्रजातान्त्रिक तथा लोकतान्त्रिक पार्टीले बुझ्नु जरुरी छ । साथै नेपाली कांग्रेसको सिङ्गो नेतृत्व पंक्ति नेपाली राजनीतिक घटनाक्रममा पछिल्लो कम्युनिष्टहरू द्वारा सृजित ठाडमा टेकेर टाउकोमा हान्ने प्रवृतिको शिकार भएको छ तर पनि यो कुरा महशुस गर्न सकिरहेको छैन । यही कारण अहिले कांग्रेसका कार्यदिशामा अलमल भएको हो भनेर वुझ्न जरुरी छ ।

अन्यथा नेपाली कांग्रेस पछिल्लो समय नेपाली राजनीतिक आकासमा विकसित पटाक्ष्यमा मुकदर्शन भै रुमलिनु पर्ने कुनै कारण छैन । नेपाली कांग्रेसले पार्टी पंक्तिमा गहिरो छलफल गर्दै नेपालका वामपन्थीहरू सँगको सहकार्यलाई तोड्नु पर्ने समय आएको छ । किनकी नेपालको वामपन्थी आन्दोलन वि.पिले भन्नु भए झैं नेपाली राष्ट्रियता, स्वाभिमान पहिचान नगर्नेको सवालमा भरोसा योग्य छैन ।

साथै पछिल्लो समय नेकपाका दुई खेमाहरूले एक अर्कोलाई लगाएका आरोपहरूको दस्तावेजीकरणको होड वाजीलाई हेर्दा आवश्यकताको सिद्धान्तमा निर्भर भै यिनीहरू शक्ति र शत्ताको लागि जो कोही सँग जे केही गर्न तयार छन् भनी कांग्रेसले बुझ्न जरुरी छ । अतः नेपाली कांग्रेसले आप्mनो छुट्टै कार्यक्रमको वर्तमान राजनैतिक घट्ना क्रमका सन्र्दभमा निर्माण गरी सरकारको गैर संवैधानिक कदमको विरोध जारी राख्ने र सर्वोच्च अदालतको फैसला निर्वाचनको सन्र्दभमा मध्यावधि सदर गर्ने भएमा आफुलाई निर्वाचनको लागि तयार गर्दै नेपाली कम्युनिष्टहरूको गैर राजनैतिक कृयाकलापबाट नेपाली जनता र राष्ट्र माथि हुँदै आएको घात जनतालाई बुझाउन सक्ने कार्यदिशा तय गरिनु जरुरी छ ।

अन्यथा बजारमा यिनै कुटिल कम्यूनिष्टहरूबाट चलाइने के.पी कांग्रेस र प्रचण्ड कांग्रेसको हावाले वास्तविक नेपाली कांग्रेसलाई पुग्न जाने क्षतिलाई कांग्रेस नेतृत्वले जोगाउन किमार्थ सक्ने छैन । कांग्रेस जनमा चेतना भयाे । लेखक आर्यस्कुल सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष १४, १३: ५७: ०४

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष १४, १३: ५७: ०४

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष १४, १३: ५७: ०४

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP