May 6, 2021, Thursday

पर्वत र कास्कीमा सञ्चालित हाेमस्टे प्रवर्धन गरिदै


नयाँ विकल्प,


पाेखरा- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका–१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवद्र्धनात्मक भ्रमण गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सञ्चालित उक्त कार्यक्रमअन्तर्गत प्रवद्र्धन टोली घरवासमा पुगी सरोकारवालाबीच अन्तरक्र्रियासमेत गरेको छ । भुकदेउराली नमूना गाउँ सामुदायिक घरवासमा आयोजित अन्तरक्र्रियामा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले प्रकृति र संस्कृतिले सम्पन्न भुकदेउराली प्रवद्र्धनको पर्खाइमा रहेको बताए ।

भुकदेउरालीलगायत आसपासका पर्यटकीय गन्तव्यको विकासलाई आफूले प्राथमिकतामा राखेको उनले जानकारी दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले सुन्दर गाउँहरूको पर्यटकीय विकासका लागि सरकारको चासो पुग्नुपर्ने बताए । गाउँका सुन्दर संरचना जोगाउँदै बाटोघाटोलगायतका पूर्वाधार विकास गर्नुपर्ने उनले बताए ।

भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले भुकदेउरालीलगायतका स्थानको धेरै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूको प्रवद्र्धनलाई भिटोफले प्राथमिकतामा राखेको बताए । भुकदेउराली सामुदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले गाउँमा पूर्वाधार विकासका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीयले जागरुकता देखाएको बताउँदै राज्यले पूर्वाधार तथा विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले सुन्दर गाउँलाई पदयात्रा पर्यटनसँग जोड्दै पर्यटकीय विकास गर्ने कुरामा आफूहरू सक्रिय बनेको बताए । कार्यक्रममा घरवासका सचिव अन्तिम गुरुङ, टोल सुधार समितिका अध्यक्ष रामबहादुर गुरुङ, मोदी गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष भुलबहादुर पौडेल, पर्यटन व्यवसायी उदय सुवेदीलगायतले सुन्दर गाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

भ्रमण टोलीले मङ्गलबार अन्नपूर्ण गाउँपालिका–७ मा सञ्चालित काल्सी इको लज पुगी त्यहाँका सञ्चालक चित्रबहादुर गुरुङसँग पनि अन्तक्र्रिया गरेको छ । शनिबारदेखि पोखराबाट प्रवद्र्धनात्मक भ्रमणमा निस्केको टोलीले बागलुङको ढोरपाटनसम्म पुगी कास्की, पर्वत तथा बागलुङका विभिन्न घरवास एवं पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको भिटोफ नेपाल गण्डकीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष १५, ११: ०५: ४४

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष १५, ११: ०५: ४४

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष १५, ११: ०५: ४४

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP