May 6, 2021, Thursday

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

लन्डन

एजेन्सी- फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताउनुभयो । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो । बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए) ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् । आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताएका थिए ।

उनले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताउनु भएको छ । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

सम्बन्धित समाचार

पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
पछिल्लाे २४ घण्टामा ९ हजार ७० काेराेना संक्रमित थपिए ५४ जनाकाे मृत्यु
  • २०७७ पुष १५, १४: ०६: १४

नयाँ विकल्प, काठमाडाैं- देशभर पछिल्लो २४ घण्टामा गरिएकाे परिक्षणमा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने
  • २०७७ पुष १५, १४: ०६: १४

नयाँ विकल्प, काठमाडाैं-गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ। प्रदेश सभा संचालनका...

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
  • २०७७ पुष १५, १४: ०६: १४

नयाँ विकल्प, काठमाडाैं-गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको सुन्धारास्थित न्युरो अस्पतालमा उपचारको क्रमा बिहीबार दिउँसो उनको निधन...

भर्खरै

TOP