June 20, 2021, Sunday

ओलीको प्रश्न ‘मतपत्र च्यात्ने र चुनाव हार्ने तानाशाही कि निर्वाचित हुने म तानाशाही ?


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष (बिबादस्पद) केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमाथि दर्जनौं आरोप लगाउँदै उनीहरुको कमजोरीप्रति टिप्पणी गरेका छन् ।

आफू निकटका पार्टीका सुदूरपश्चिम प्रदेशस्तरिय कार्यकर्तालाई बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित भेलामा ओलीले अर्का नेता दाहाल र नेपालले आफ्ना हर कदममा अबरोध गरेको र आफैलाई सत्ताबाट च्युत गर्न खोजेकाले प्रतिनिधिसभा भङ्ग गरेको बताए ।

‘केपी ओली तानाशाही रे ? एक पटक प्रतिष्पर्धा नगर्ने, चुनावबाट भाग्ने, मतपत्र च्यात्ने र चुनाव हार्ने व्यक्ति हो र ?नबौं महाधिवेशनमा म माधव नेपालसँग चुनाव लडेर जितेर आएको हुँ’ ओलीले भने, ‘फेरि पनि उहाँहरु चुनावमा आउन चाहनु हुन्न । किन चुनाव लड्नु ? अध्यक्ष भइहाल्नु भयो ।’

पूर्वप्रधानमन्त्री नेपालतर्फ संकेत गर्दै ओलीले भने ‘संविधान सभा निर्वाचनमा दुई दुई ठाउँमा चुनाव हारेर स्पिड जम, हाइजम्प हुँदै पोल जम्प गर्ने व्यक्तिले मलाई धम्क्याएर प्रधानमन्त्री चाहिने ?’
उनले प्रतिनिधिसभा भङ्ग गर्नुको औचित्य पुष्टि गर्न चुनाव लड्दा गणतन्त्र, लोकतन्त्र वा संघीयता नजाने र कुनै खतरा पैदा नहुने दाबी गरे । आफूहरु नभएको भए संविधान नबन्ने । नाकाबन्दीको प्रतिबाद गर्ने कोही पनि नभएको दाबी गरे ।

विगतमा जस्तै हाल राजसंस्था नभएको र जनता सचेत भएको भअवस्थामा चुनाव लड्न जाऔ भनेर प्रचण्डलाई सुझाव दिएको बताए । उनले भने ‘अब विवाद चुनावले टुंग्याउँछ । अव निर्वाचनमा बत्ति निभाईने छैन । मत पत्र च्यातिनै छैन । धाँधली गर्न पाइने छैन । बाक्सा साट्न पाइँदैन । स्वच्छ निर्वाचनमा भाग लिन पाइन्छ ।’

प्रचण्ड– नेपाल समूहले मंगलबार देशव्यापी गरेको विरोध प्रदर्शनको क्रममा लगाएका नाराप्रति ओलीले तिब्र असन्ुतष्टि व्यक्त गर्दै भने, ‘उहाँहरुले हिँजो सडकमा के के नारा लगाउनु भयो ? महिलाहरु माथि उहाँहरुको दृष्टिकोण कस्तो रहेछ?गणतन्त्रको सर्वोच्च निकाय प्रति कस्तो दृष्टिकोण रहेछ ? थाहा पाइयो ।’

अर्का अध्यक्ष दाहालप्रति कटाक्ष गर्दै ओलीले भने ‘राजनीतिमा ४० प्रतिशतको भागबण्डा चाहि हाल्यो भन्ने, जहिले म आत्मियचताले अँगालो मार्छु तर उहाँले धृतराष्ट्रको जस्तो अँगालो मार्नु भयो । राजनीति भनेको जालझेल, धोकाधडी र बेइमान मात्र होइन, इमान्दारिता पनि हो ।’

ओलीले प्रचण्ड नेपालले चुनाव हुँदै हुँदैन भनेर भनेको तर्फ संकेत गर्दै भने ‘जनताले भोट दिएका बेला थाहा हुने छ । संसद पुनस्र्थापना संविधानले नै मिल्दैन भन्ने ? संसदको ६४ प्रतिशत बहुमत पाएको व्यक्ति म प्रधानमन्त्री हो । मैले सिफारिस गरे पनि किन मिल्दैन ?’

ट्याङ्कीका पानी साबुन र सेम्पु सत्यनास

कार्यकर्तालाई संवोधन गर्ने क्रममा ओलीले प्रचण्ड–माधव समूहतर्फ संकेत गर्दै उनीहरुलाई सफा गर्न आफूले २ वर्षदेखि धुँदा धुँदा साबुनका डल्ला, सेम्पो, ट्याङ्की र ड्रमका ड्रम पानी खन्याउँदा पनि धुन नसकेको बताए ।

उनीहरु बहुमत भयो भन्दै हिँडेको तर्फ संकृेत गर्दै ओलीले भने ‘के को बहुमत ? दुई जना मिल्दा उता बहुमत पुग्छ भन्ने कुरा ६५ वर्षदेखि राजनीति गर्दे आएको मान्छे मलाई थाहा छैन र ? पार्टी एकता गर्ने, संगठन एकीकरण र समायोजन गर्नुको सट्टा सरकार असफल भयो भन्दै हिँँड्ने ?’

संवैधानिक निकायमा पद खाली छन् नियुक्ति गरौं भन्दा सहमति सहमति भनेकाले नाम दिनुस नदिएकोले नियुक्ति गर्न थालेको जनाए । उनले त्यसपछि त प्रधानमन्त्री र राष्ट्रपतिका बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने, महाभियोग लगाउने योजना रहेकोले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

‘पूर्वसांसद लोकेन्द्र विष्ट एउटा योद्धा भएर कृषि गर्नु हुन्छ । ठीक छ । तर राजनीति नै किन छाड्नु पर्यो ?’ ओलीले भने ‘हिँजो उहाँलाई ज्यान दिने महान योद्धाहरु कहाँ छन ? प्रचण्डजी आफ्नो व्यक्तिगत स्वार्थमा मात्रै लिप्त हुने ?’

माधव नेपाल प्रचण्डको कार्यकर्ता ?

माधव नेपाल प्रचण्डको कार्यकर्ता भएर जानु भएको भन्दै ओलीले कटाक्ष गरे । उनले भने ‘मैले त नेता ठानेको ? मलाई पदको लोभ छैन । मलाई उधारो आश्वासन चाहिन्न भन्नु हुन्थ्यो । जुटाउन पो दुई अध्यक्ष बनायौं त ? फुटाउन त किन दुई अध्यक्ष चाहियो ? अध्यक्ष वा सभापति नै नपाई किन जानु ?’

‘अलिक पछि समय कति लाग्छ म भन्न सक्दिन । पोहोर पराहार उपचार गर्न म विदेश गएँ । त्यो काठको बाकसमा फर्कन्छ भन्थे रे । तर म त प्लेन चढेर आएँ । म बिरामी भएर उपचार गर्दा त्यो गयो ..अव गयो .. भन्थे रे । मर्न त म मर्छु होला । ढीलो चाँडो जाने नै हो’ नेपाल तर्फ संकेत गर्दै भने ।
झलनाथ खनाललाई झटारो

ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि कटाक्ष गर्न भ्याए र भने ‘झलनाथजीले रानीपोखरी केपी ओलीले होइन, इन्जिनियरले बनाएको भन्नु भएछ । इन्जिनियरले त फित्ता लिएर नाप्ने मात्रै हो । बनाउने त मजदूरले हो, झलनाथजीले कहिले बिकास निर्माण हुन दिएको भए पो? कहिले हेर्न जानु भो ?’

उनले सरकारले दुई वर्षमा धेरै काम गरेको दाबी गर्दै एकै दिनमा ३ सय ९ वटा हस्पिटल शिलान्यास गरेको दाबी गरे । उनले आफू नेतृत्वको सरकारको पालामा जति विकासको काम इतिहासमै नभएको भन्दै रानीपोखरी निर्माण धरहरा निर्माण, सडक निर्माण र अस्पताल शिलान्यास भएको दाबी गरे । उनले ७ लाख घर भुकम्प पछि बनेको दाबी गरे ।

बाँदर र कमिलाको उदाहरण

ओलीे प्रचण्ड र माधव समूहलाई बाँदरको संज्ञा दिँदै बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको घर पनि बन्न दिँदैन भने । त्यस्तै, कमिलालाई काल आएपछि प्याँख पलाउँछ भने झैं उनीहरुलाई पनि प्वाँख पलाएकोले सडकमा जताभावी बोल्दै हिँडेको आरोप लगाए ।

ओलीले चित्त नदुखाई काम गर्न कार्यकर्तालाई आव्हान गर्दै कामको मुल्याङ्कन हुने प्रतिवद्धता जनाए । उनले ‘सुदूरपश्चिम प्रदेश हाम्रो पार्टीको कब्जामा ल्याउनु पर्छ’ भन्दै पार्टी नेता र कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे,  बारअनुसार पसल खोल्न पाइने
काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपियाे, बारअनुसार पसल खोल्न पाइने
  • २०७७ पुष १५, १८: १८: ४५

नयाँ विकल्प, काठमाडाैं- उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार...

‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
‘संस्थापन पक्षलाई संगठीत र तठस्थलाई तान्न सके सभापति जित्न सहज’
  • २०७७ पुष १५, १८: १८: ४५

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको आगामी १४ औं महाधिवशेनमा पुन सभापति जिताउन संस्थापन पक्षधरका नेता...

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ पुष १५, १८: १८: ४५

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

भर्खरै

TOP