June 20, 2021, Sunday

नेप्सेमा नयाँ रेकर्डः सन् २०२० को अन्तिम कारोबारमा अलटाइम हाइ रेकर्ड


नयाँ विकल्प
काठमाडाैं- नेप्से परिसूचकले सन् २०२० को अन्तिम कारोबार दिननयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ।

यस दिन नेप्सेले यस अघिको अलटाइम हाइ २०७१ लाई तोड्दै नयाँ रेकर्ड बनाएको हो। बिहीबार नेप्से परिसूचक २५.२१ अंक बढ्दै २०८७.२७ विन्दुमा पुगेको हो। यस अघि नेप्सेको अलटाइम हाइ २०७१.०३ विन्दु थियो। अघिल्लो दिन २०६२.०६ विन्दुमा बन्द भएको नेप्सेले अलटाइम हाइ रेकर्डलाई यस दिन प्रि ओपन सेसनमै तोडेको थियो। पुरानो रेकर्ड ताडिएसँगै लगानीकर्ताहरुमा उत्साह छाएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार २०७ कम्पनीको ५० हजार ३८६ पटकको कारोबारमा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन अर्थात बुधबार बजारमा करिब साढे ४ अर्बको शेयर कारोबार भएको थियो।

यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भएको हो।

त्यसैगरी, एभरेष्ट बैंकको शेयरमूल्य यस दिन ६.६७ प्रतिशत, गुडविल फाइनान्सको ५.९७ प्रतिशत, लक्ष्मी बैंकको ५.९३ प्रतिशत, सिद्धार्थ बैंकको ५.५७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.१७ प्रतिशत बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ३.७८ प्रतिशत घटेको छ।

११ उपसमूहको परिसूचक हरियो

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेर हरियो भएको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.९७ प्रतिशत, अन्यको १.४५ प्रतिशत र जीवन बीमाको १.४५ प्रतिशत बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक भने सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४६ करोड ८८ लाख १८ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको हो।

सम्बन्धित समाचार

शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
शेयर बजारमा पहिरोः ६३.२८ अंकले नेप्से घट्यो, कारोबार पनि १२ अर्बमा सिमित
  • २०७७ पुष १६, १५: ४५: २२

नयाँ बिकल्प, काठमाडौं । धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा संस्थाले शेयर बजारमा आन्तरिक चलखेल गरी शेयर मुल्य बढाएको र...

देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
देउवाकाे सभापति दोहोर्याउने चाहनाः बागमति र गण्डकी प्रदेशका नेतासँग छुट्टा छुट्टै परामर्शमा
  • २०७७ पुष १६, १५: ४५: २२

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा पुनः दोहोरिने चाहना प्रकट गरेका छन्।पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको...

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
  • २०७७ पुष १६, १५: ४५: २२

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका...

भर्खरै

TOP