नयाँ विकल्प
काठमाडाैं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा माेटरसाइकल चाेरीमा संलग्न एक समुहलाइ नियन्त्रणमा लिएकाे छ ।
महाशाखाले पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर-६, धर्मस्थलीबाट १ जना र काठमाण्डौ-१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
धर्मस्थलीबाट जिल्ला नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३-०२,०१६ प ३८०४ नम्वरको रातो रंगको २०० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७७।०७।०२ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन यस महाशाखामा दिएको थिए ।
उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको छ । त्यस्तै, काठमाडौ म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, जिल्ला नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट प्रदेश ३-०२-०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सी.सी.को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७७।०३।२१ गते जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन यस महाशाखामा दिएको थिए ।
उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको महाशाखाले जनाएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...
नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...
नयाँ विकल्प तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको...