नयाँ विकल्प,
झापा – पूर्वराजा ज्ञानेन्द्र शाह अंग्रेजी नयाँ बर्षको अवसरमा पारेर झापास्थित पाँच तारे होटल मेचि क्राउनमा गएका छन् ।
पुस १२ गते आइतबार परिवारका सदस्य नलिइ एक्लै दमकस्थित हिमालय गुडरिकमा रहेको निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र बिहीबार साँझ मेचीनगरस्थित मेचीक्राउन होटलमा गएका हुन् ।
नयाँ वर्ष २०२१ मनाउनका लागि केही सहयोगी र सुरक्षाकर्मीसहित साँझ ८ बजे होटल पुगेका पूर्वराजा ज्ञानेन्द्र राति नै दमक फर्किएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले बताए ।
पूर्वराजा ज्ञानेन्द्रले होटलका संचालक र केही कर्मचारीसँग सामूहिक फोटो पनि खिचाएका थिएव । एक सातादेखि दमक बस्दै आएका ज्ञानेन्द्रले आफन्त, आफ्ना सहयोगी मित्रबाहेक राजनीतिक दलका नेताहरुसँग भने भेट गरेका छैनन् ।
मेची क्राउन होटल उपत्यकावाहिरको दोश्रो पाँचतारे होटल हो । उपत्यकावाहिरको पहिलो पाँच तारे होटल पोखरास्थित फुलबारी होटल हो । यो होटल यसै वर्षदेपखि संचालनमा आएको हो ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...