January 19, 2021, Tuesday

सेयर बजारमा अर्को ऐतिहासिक रेकर्ड, कारोबार रकम बढ्याे


नयाँ विकल्प

काठमाडौं – सेयर बजार पुनः बुलिस प्रवृत्तिमा अघि बढेको छ । कतिपय कम्पनीहरुको भाउ बढेर सर्किट ब्रेकर लागिरहेको छ । सबै समूहका सूचक बढेका छन् । विशेषगरी बैंकिङ समूहमा उछाल आएपछि समग्र बजारमा नयाँ तरंग देखिएको हो । बिमा, व्यापारिक, उत्पादनमूलक र अन्य समूहमा पनि व्यापक तेजी आएको छ ।

करेक्सनपछि नेप्से सूचक फेरि ऐतिहासिक उचाई तय गर्ने क्रममा अघि बढेको छ । आइतबार पनि नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला प्रवृत्तिहरु हेर्दा बजार स्पष्ट रुपमा बुलिस चक्रमा प्रवेश गरिसकेको देखिन्छ । बुलिस बजारको प्रवृत्ति यस्तै हुने विश्लेषकहरु बताउँछन् । राम्रा कम्पनीहरुको भाउ एक लेबलमा नपुग्दासम्म नरोकी बढ्ने पनि गर्दछ । त्यसपछि फेरि विस्तारै यसअघि नबढेका कम्पनीहरु पनि बढ्न सुरु गर्छन् । बजारको घट्ने भन्दा बढ्ने अनुपात नै बढी हुन्छ ।

यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक छ । बजारले दिनहुँ नयाँ उचाईहरु बनाइरहेका बेला हेर्ने, बुझ्ने र मनन् गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक हुने अनुभवीहरु सुनाउने गर्छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ । बैंकहरुले सेयर कर्जा प्रवाह गरिरहेका छन् । कर्जाको ब्याजदर सस्तो छ ।

निक्षेपकर्ता थप निरुत्साहित हुने देखिएको छ । यसरी निरुत्साहित भएका बचतकर्ता सेयर बजारतर्फ आकर्षित हुन थालेको अनुमान छ । यसले पनि बजारमा सकारात्मक प्रभाव पार्दै गएको अनुमान छ । सेयर बजारसम्न्धी नीतिनियमहरु निकै सुधारउन्मुख छन् । यस्तो बेलामा बजार बढ्नुलाई अन्यथा मान्न नहुने विश्लेषकहरु बताउँछन् ।

बजारको आफ्नै नियम हुन्छ । निश्चित चक्रमा हिँड्छ । यसका बारेमा पनि जानकारी आवश्यक पर्ने उनीहरुको भनाई छ ।तर लगानीकर्ताहरुले आवेग र उत्तेजनामा भन्दा पनि विवेकपूर्ण हिसाबले लगानी सम्बन्धी निर्णय लिनुपर्छ । कम्पनीहरुको वित्तीय सूचकलाई अध्ययन गर्न बिर्सिनु हुँदैन । समग्रमा नेप्से सूचकको प्रवृत्ति महत्वपूर्ण भए पनि विशेष गरेर आफूले लगानी गरकै कम्पनीमा बढी ध्यान दिनुपर्छ ।

लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ । नेप्से सूचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । बजार ४.२२% ले बढेको हो । २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

“ ”

सम्बन्धित समाचार

केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शन गर्ने नेविसंघका १५ पक्राउ
केश मुण्डनसहित कालो पहिरनमा प्रदर्शन गर्ने नेविसंघका १५ पक्राउ
  • २०७७ पुष १९, १५: ३४: १७

नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...

लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग
लुटपाटको अभियोगमा डीएसपी ढुुंगेलसँग धरौटी माग
  • २०७७ पुष १९, १५: ३४: १७

नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...

नेकपा पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
नेकपा पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
  • २०७७ पुष १९, १५: ३४: १७

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...

भर्खरै

TOP